मिरिक: मिरिक नजिक फुवागढ़ीमा फुवागढ़ी राइजिंग युथ क्लबको तत्त्वावधानमा आयोजित फूटबल टुर्नामेण्टमा नरबोंग युनाइटेडले सेमिफाइनलमा स्थान बनायो। फुवागढ़ी लामेटार ग्राउण्डमा मंगलवार खेलिएको पहिलो क्वार्टर फाइनल म्याचमा नरबोंग युनाइटेडले युनाइटेड ब्रदर्सविरुद्ध ४-२-ले जीत हासिल गऱ्यो। टुर्नामेण्टको फाइनल २३ फरवरीमा खेलिनेछ। यस फाइभ ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

यसरी रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।