बुमराह नखेले भारत दुर्बल रहने दावी गरे रवि शास्त्रीले

IMG-20250205-WA0142

नयाँ दिल्ली: आईसीसी पुरुष च्याम्पियन्स ट्रफी २०२५ नजिक आइरहेको छ तर भारतीय पेस बलर तथा आईसीसी २०२४ पुरुष क्रिकेटर अव् द ईयर जसप्रीत बुमराहको फिटनेसमाथि अहिले पनि अनिश्चितता कायम रहेको छ। यसबीच क्रिकेटका दिग्गज रवि शास्त्रीको विचारमा बुमराहको सम्भावित अनुपस्थितिले भारतको अभियानलाई निक्कै कमजोर बनाउन सक्छ अनि यसले टीमको ट्रफी जित्ने सम्भावना ३०-३५ प्रतिशत कम्ती हुनेछ। साल २०२४-मा असाधारण प्रदर्शन गर्ने बुमराहलाई हालै आईसीसी पुरस्कारहरूमा आईसीसी पुरुष क्रिकेटर अव् द ईयर र आईसीसी पुरुष टेस्ट क्रिकेटर अव् द ईयरको पुरस्कार प्राप्त भएको थियो। बुमराहले गत वर्ष आईसीसी टी२० वर्ल्ड कपमा भारतको खिताब जित्ने अभियानमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए।
बोर्डर-गावस्कर ट्रफीमा पनि बुमराहको प्रदर्शन असाधारण रहेको थियो तर सिडनीमा खेलिएको सीरीजको अन्तिम टेस्ट म्याचमा चाहिँ ढाड़को चोटले गर्दा उनी अन्तिम दिन मैदानबाट बाहिर रहेका थिए। उनलाई च्याम्पियन्स ट्रफीको निम्ति भारतीय टीममा सामेल गरिए पनि ईंग्ल्याण्डविरुद्ध वनडे सीरीजमा हिस्सा लिनेछैनन्। यसले उनको फिटनेसलाई लिएर चिन्ता बढ़ेको छ। यसबीच भारतका पूर्व मुख्य प्रशिक्षक रवि शास्त्रीले आईसीसी समीक्षामा बुमराहलाई टीममा फर्काउनेविरुद्ध दृढ़ताको साथ सल्लाह दिएका छन्। भारतको अन्तर्राष्ट्रिय क्यालेण्डर व्यस्त रहेको छ अनि केवल एउटा टुर्नामेण्टको निम्ति आफ्नो प्रमुख पेस बलरलाई जोखिममा हाले दीर्घकालिक परिणाम हुन सक्ने शास्त्रीले बताएका छन्। शास्त्रीले भने, मेरो विचारमा अनफिट बुमराहलाई खेलाउनु उच्च जोखिम हुनेछ। भारतको निम्ति यस साल धेरै क्रिकेट रहेको छ। आफ्नो करियरको यस चरणमा तपाईं उनलाई अचानक एउटा टुर्नामेण्ट या म्याचमा फर्काएर असल प्रदर्शन गर्ने निर्देश दिन सक्नुहुन्न। चोटबाट फर्किन साथ लय हासिल गर्नु सजिलो हुँदैन। यसको साथमा शास्त्रीले भारतको च्याम्पियन्स ट्रफी अभियानमा बुमराह कतिको महत्त्वपूर्ण खेलाड़ी रहने कुरामाथि पनि प्रकाश पारेका छन्। उनले भने, बुमराह नखेले त्यो भारतको निम्ति ठूलो झट्का साबित हुनेछ। बुमराह नखेले च्याम्पियन्स ट्रफीमा भारतको जित्ने सम्भावना ३०-३५ प्रतिशत कम्ती हुनेछ। सम्पूर्ण रूपले फिट बुमराह खेल्दा तपाईंलाई डेथ ओभरहरूको ग्यारण्टी प्राप्त हुन्छ। उनको उपस्थितिमा म्याच अलग हुन्छ तर अहिले उनी शत प्रतिशत फिट छैनन्। यसैकारण भारतले उनी बिना अलग चुनौतीको सामना गर्नु पर्नेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement