४ सेप्टेम्बरः सिमुलबारी स्पोर्टिंग क्लबको तत्त्वावधानमा आयोजित सिमुलबारी गोल्ड कप फूटबल टुर्नामेण्टको तेस्रो सीजनमा एसएसबी रानीडांगाले सेमिफाइनलमा स्थान बनायो। सिमुलबारी खेल मैदानमा आइतवार खेलिएको पहिलो क्वार्टर फाइनल म्याचमा एसएसबी रानीडांगाले युनाइटेड खरसाङ फूटबल क्लब (यूकेएफसी)-लाई २-१-ले पराजित गऱ्यो। विजेता टीमबाट हाओकिपले दोस्रो मिनट अनि द्विमालू ब्रह्माले ७१औं मिनटमा गोल गरे। यसरी नै यूकेएफसी-बाट भुवनले ३७औं मिनटमा गोल गरे।अब सोमवार खेलिने दोस्रो क्वार्टर फाइनल म्याचमा जलथल एफसी (झापा, नेपाल) र एमएमएफसी निरपानियाबीच भिड़न्त हुनेछ। टुर्नामेण्टमा विजेता हुने टीमलाई ट्रफीको साथमा १.५ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै उपविजेता हुने टीमलाई ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। फाइनल १३ सेप्टेम्बरमा हुनेछ।










