जलविद्युत परियोजना लिएर विपक्षीले राजनीति गरिरहेकाे साम्डुप लेप्चाकाे आरोप

n650590683173869380527995010c03c600d34703692e20f52f3d3879c3fc233aa0a0ff30625ff08b027007

मंगन: लाचेन मंगन निर्वाचन क्षेत्रका विधायक एवं मन्त्री साम्डुप लेप्चाले चुङथाङमा प्रस्तावित जलविद्युत परियोजना पुनर्निर्माणलाई लिएर विपक्षीहरूले जनतालाई दिग्भ्रमित गरेर राजनीति गरिरहेको आरोप लगाएका छन्।
उनी आज एसकेएम पार्टीको १३औं स्थापना दिवस समारोहमा बोल्दै थिए।
मन्त्री लेप्चाले आफ्नो सम्बोधनमा सिक्किम उर्जा (पहिले टिस्टा उर्जा) ले सिक्किम र सिक्किमका जनताले धेरै लुटेको छ भने। सर्वसाधारण जनतालाई यसबारे थाहा नहुन सक्छ, तर आफु विधानसभामा पुगेपछि टिस्टा उर्जाको लूटबारे थाहा पाउन सकेको उनले बताए। उनले टिस्टा उर्जाका कारण सिक्किम सरकारमाथि आज ठूलो ऋणको बोझ थोपिएको बताउॅंदै यो ऋणबाट मुक्तिका लागि यसलाई पुन: शुरू गर्ने पहल भइरहेको बताए। यद्यपि, यस विषयमा अझै पनि ठोस निर्णय भने नभएको उनले स्पष्ट गरे।
मन्त्री लेप्चाले टिस्टा उर्जाका कारण सिक्किम सरकारमाथि करोड़ौंको ऋण लागेको अवगत गराउॅंदै विपक्षीहरू टाडा बसेर अन्धधुन्ध गाली गरिरहेको बताए। परियोजनालाई लिएर ग्राम सभा गरिएन भन्ने आरोप विषय बोल्दै उनले चुङथाङमा तीनपल्ट विशेष ग्राम सभा राखिएको दाबी गरे। उनले आफुहरू पनि निर्वाचित बनेर जनताको सेवा गर्न आएको बताउॅंदै गलत काम गर्ने छैनौं भनी विश्वास दिलाए।
उनले भने, हामी सुनौलो सिक्किम निर्माण गर्न आएका हौं। हामी झुटो बोल्दैनौं। सरकारलाई लागेको ऋण भनेको जनतालाई लागेको ऋण हो। तर, विपक्षीहरूले कुर्सीको राजनीति गरिरहेका छन्। हामी सिक्किम र सिक्किमे जनतालाई बचाउने कुरा गरिरहेका छौ। हामी जनताको सर सल्लाहमा काम गर्ने पार्टी हौं।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement