रिनाकमा पालन एसकेएम-को १३औं स्थापना दिवस भव्यरूपमा पालनमुख्यमन्त्री तामाङले गरे विभिन्न योजनाहरूको घोषणा

IMG-20250204-WA0295

गान्तोक: पाकिम जिल्लाको रिनाक निर्वाचन क्षेत्रमा एसकेएम पार्टीको १३औं स्थापना दिवस भव्यरूपमा पालन गरियो। यस अवसरमा मुख्य अतिथिकोरूमा पार्टीका अध्यक्ष एवम मुख्यमन्त्री प्रेम सिंह तामाङ रहेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री प्रेमसिंह तामाङले पार्टी स्थापना दिवसको हार्दिक शुभकामना व्यक्त गर्दै आगामी पाँचवर्ष भित्रमा रिनाक निर्वाचन क्षेत्रको कायापलट गर्ने प्रतिवद्वता जाहेर गरे। रिनाक निर्वाचन क्षेत्रका समस्त पार्टी कार्यकर्ताहरूको विश्वासलाई आफूले कहिले पनि कम हुन नदिने मन्तव्य जाहेर गर्दै मुख्यमन्त्री तामाङ जुन निर्वाचन क्षेत्रको विधायक हुन्छन् त्यो क्षेत्रलाई सबै अधिकारीहरूले माया गर्ने गरेको र त्यो क्षेत्रका जनताको काम पनि अन्य निर्वाचन क्षेत्र भन्दा छिटो हुने गरेको जानकारी गराए। मुख्यमन्त्रीले आज १३औं पार्टी स्थापना दिवसको अवसरमा पार्टीका संस्थापक सदस्यहरूको स्मरण गरे, जसले पार्टीलाई यहाँसम्म ल्याउनमा धेरै योगदान पुऱ्याएका थिए। यस वर्ष प्रत्येक निर्वाचन क्षेत्रमा स्थापना दिवस पालन गरिएको जानकारी गराए। गत आम चुनावमा ३१ वटा समष्टि र एक मात्र लोकसभा सीटमा पनि एसकेएम पार्टीले विजय हासिल गरेको उल्लेख गर्दै अहिले सिक्किम राज्यमा विपक्षी शुन्य रहेको किटान गरे। अब सिक्किमे जनताको आवाज उठाउने एक मात्र पार्टी एसकेएम रहेको मुख्यमन्त्रीले बताए। एसकेएम पार्टीप्रति विश्वास गरेर यसरी पुर्ण बहुमतले विजयी तुल्याएकोमा पार्टी कार्यकर्ताहरू र सिक्किमे जनताप्रति मुख्यमन्त्रीले हार्दिक आभार तथा कृतज्ञता व्यक्त गरे। रिनाक निर्वाचन क्षेत्रमा आगामी दिनमा दिगो विकासको योजनाबारे जानकारी गराउँदै मुख्यमन्त्रीले सामुहिक कामलाई प्राथमिकता दिने आश्वासन दिए।रिनाक समष्टिमा अयोध्याको झैं वृहत राम मन्दिर निर्माण गर्ने आफ्नो ड्रीम प्रोजेक्ट रहेको मुख्यमन्त्रीले घोषणा गरे। रिनाक समष्टिमा ठुल-ठुला परियोजनाहरू निर्माण गर्ने उल्लेख गर्दै सिम्पली सिटी बनाउने परिकल्पना रहेको जानकारी गराए। रिनाकलाई एउटा नयाँ टाउनसीप निर्माण गर्ने आफ्नो सोंच रहेको पनि मुख्यमन्त्रीले अवगत गराए। रोडाथाङ रम्फू सड़क कार्पेटिङ गरिने जनाउँदै सिक्किमे जनताको निम्ति आफू मुख्यमन्त्री भन्दा अधिक मुख्य सेवक भएर काम गर्ने विश्वास दिलाए। राज्य स्थापनाको ५०औं वर्षको अवधिमा सिक्किमले धेरै उपलब्धिहरू हासिल गरेको बताउँदै मुख्यमन्त्रीले विकसित सिक्किम बनाउन टीम सिक्किम भएर काम गर्न सबैलाई आग्रह गरे। हाम्रो सहभागिता नै हाम्रो सफलता हो भन्दै मुख्यमन्त्रीले २०२४ को आम चुनावमा जनताले फ्याँकिसकेका तथाकथित विपक्षीहरूले मुद्दाविहिन सिक्किम दार्जिलिङ विलयको विषयको उठान गर्दै आएकोमा आपत्ति जनाए। सिक्किमलाई भारतको संविधानले दिएको ३७१एफले पूर्ण सुरक्षा प्रदान गरेको बताउँदै घरि घरि सिक्किमे जनतालाई दीगभ्रमित नगर्न चेतावनी समेत दिए। राज्यका १२ जातिलाई जनजाति बनाउने मागलाई विथोल्ने विपक्षी दलको आरोप र षडयन्त्र रहेको आरोप लगाए।एसकेएम सरकारले जसरी भए पनि छुटेका १२ जातिलाई जनजाति मान्यता दिलाउने प्रतिवद्वता जाहेर गरे। विपक्षीहरूको यस्ता अफवाहमा नलाग्न आवहान गर्दै मुख्यमन्त्रीले भर्खर मेडिकल सीटबारे सर्वोच्च न्यायलयद्वारा सुनाइएको एक निर्णयको पनि उल्लेख गरे,जसमा रुल फोर फोर ३७१एफ अन्तर्गत रहेको बताउँदै उनले सिक्किमेली जनताको सुरक्षा कवच सीओआई रहेको अवगत गराए।

कार्यक्रममा मुख्यमन्त्रीलाई अभिनन्दन जनाइयो। मुख्यमन्त्रीले केक काटेपछि शुरू भएको कार्यक्रममा पार्टीलाई शुरूको समयमा योगदान पु-याउने विभिन्न व्यक्तित्वहरूलाई सम्मान जनाइएको थियो। यसै क्रममा सीएलसी अध्यक्ष महेन्द्र सुब्बाले स्वागत जनाउँदै कार्यक्रमको औचित्यमाथि प्रकाश पारे। कार्यक्रमलाई पाकिम जिल्ला नारी शक्ति प्रभारी तथा पाकिम जिल्ला उपाध्याक्ष प्रभा प्रधानले सम्बोधन गरेकी थिइन् भने मुख्यमन्त्रीको बाहुलीबाट गत आम चुनावमा एसकेएम पार्टीलाई सर्वाधिक मत प्रदान गर्ने जीपीयुहरूलाई प्रशंसा पत्र प्रदान गरे। यसैगरी ल्याण्ड व्याङ्क योजनाद्वारा लाभन्वित बनेका २६ लाभार्थीहरूलाई एलोटमेन्ट अर्डर वितरण गरियो। कार्यक्रमलाई मुख्यमन्त्रीका सल्लाहकार बिष्णुकुमार खतिवडाले पनि सम्बोधन गरेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement