विधानसभा अद्यक्ष शेर्पाको राज्यपालसित शिष्टचार भेट

IMG-20250204-WA0293

गान्तोक: सिक्किम विधानसभाका अध्यक्ष एमएन शेर्पाले आज राज्यका राज्यपाल ओमप्रकाश माथुरसँग राजभवनमा भेट गरे। यसअवसरमा विधानसभाका सचिव ललित कुमार गुरूङ र मुख्य निर्देशक केटी येस भोटिया पनि साथमा रहेका थिए। भेटको क्रममा अध्यक्ष शेर्पाले राज्यपाल ओमप्रकाश माथुरलाई ६ फरवरीदेखि शुरू हुने सिक्किम विधानसभाको बजेट सत्रका लागि आधिकारिकरूपमा निमन्त्रणा दिए। यसरी नै अध्यक्षले भोलिदेखि शुरू हुने सिक्किम विधानसभा सत्रको मुख्य एजेन्डाबारे पनि जानकारी गराए। राज्यपालले निमन्त्रणलाई सहस्र स्वीकार्दै सिक्किम विधानसभा सत्रको सफलताको निम्ति अग्रीम शुभकामना दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement