देन्ताममा एसकेएम पार्टीको १३औं स्थापना दिवस पालन

IMG-20250204-WA0292

गेजिङ: सत्तारुढ सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको १३औं स्थापना दिवस देन्ताममा सम्पन्न भयो। क्षेत्रस्तरीय रूपमा मनाएको कार्यक्रममा समष्टिका विधायक एवं सिक्किम सरकारका पर्यटन एवं नागरिक उड्डयन बिभागका सल्लाहकार सुदेश कुमार सुब्बा प्रमुख अतिथि रहेका थिए। कार्यक्रम शुरु हुन अघि विधायक सुब्बाले क्षेत्रस्तरीय पार्टी कार्यालयमा पार्टीको झण्डा फहराएका थिए। पार्टी अध्यक्ष एवं राज्यका मुख्यमन्त्री प्रेमसिँह तामाङको भीडियो सन्देश जनभेलालाई सुनाइएको थियो। पछि कार्यक्रममा पार्टी अध्यक्षको सन्देश प्रचार शाखाका सचिव कृष्ण लेप्चाले पठन गरे। कार्यक्रमलाई सम्बोधन गर्दै बिधायक सुब्बाले पार्टीको स्थापना दिवसको शुभकामना दिँदै आज राज्य भरिनै पार्टी अध्यक्षको दिशानिर्देशमा स्थापना दिवसलाई पूर्ण सद्भावको साथमा पालन गरेको जानकारी दिए। ४ फरवरीले सिक्किमको राजनीतिमा एउटा अमेट छाप छोडेको बताउँदै उनले त्यसताकमा सिक्किममा एसडीएफ पार्टीको जंग राजको अन्त्य भएर जनताराज कायम भएको अवगत गराए। पार्टीले प्रत्येक बर्ष आजको दिनलाई स्थापना दिवसको रूपमा पालन गर्दै आईरहेको जनाकारी गराउँदै क्षेत्रको समग्र बिकासमाथि जानकारी दिए। उनले मुख्य मन्त्री प्रेमसिँह तामाङको कुशल बिचार र सहयोगमा मानेबुङ- दैन्ताम क्षेत्रमा धेरै बिकास भएको दाबी पनि गरे। यस क्षेत्रमा भोकेशनल कलेज, सिङ्सोर ब्रिज, उत्तरे झील, चिउवाभञ्ज्याङ् सडक योजना, पर्यटन हव निर्माण गर्नेजस्ता योजना दिएको उल्लेख गरे। देन्ताम बजार, हि-बजार, उत्तरे-बजारको सुन्दरी कारण , सडक सुधार, सोममा पुलिस पकेट निर्माण गरिने, बुङ्तेन वरिष्ठ माध्यमिक विद्यालयको भवन, बङ्तेन अनि गुराँसेमा पर्यटन हव बनाउने, बेगा पञ्चायत घरको निर्माण गरिने , हि-छाँयातालको दोस्रो चरणको काम थालनी भएको जानकारी गराए। झाँक्री ढुङ्गा-गुराँसे, खाण्डुको सडकसंगै क्षेत्रको शिक्षा, स्वास्थ्य, पेयजल, विद्युतजस्ता विभिन्न पूर्वधार विकासको जानकारी दिए। कार्यक्रममा पार्टीको स्थापना कालदेखि सहयोग पुऱ्याउने वरिष्ठ व्यक्तित्वलाई अभिनन्दन गरेका थिए। यसअवसरमा गेजिङ अनि सोरेङ जिल्लाका पार्टी उपाध्यक्ष प्रभारीहरु पूर्व विधायक र पार्टीका शीरिष कार्यकर्ताहरुको बाक्लो सहभागिता थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement