गेजिङ: बर्मेकवाट गेजिङ गइरहेको एउटा सवारी साधन रूङदुमा दुर्घटनाग्रस्त हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। दुर्घटनामा वाहन चालक रूङदु निवासी विष्णुकुमार शर्मा र दुई माइल निवासी कुमार मुखियाको घटनास्थलमै मृत्यु भएको पुष्टि भएको छ। गाडीमा कुल छजना यात्रु सवार रहेका थिए। जसमध्ये बाँकी चार घाइते यात्रुलाई उपचारका लागि गेजिङ जिल्ला अस्पताल लगिएको छ। घटनापछि क्षेत्र विधायक लोकनाथ शर्मा तथा पुलिस टोली तत्कालै घटनास्थलमा पुगेका थिए। स्थानीय नागरिकहरूको सहयोगमा मृतकको शव तथा घाइते यात्रुहरूलाई अस्पताल पुर्यािइएको हो। दुर्घटनाको कारण भने हालसम्म खुल्न सकेको छैन। यस विषयमा पुलिसद्वारा अनुसन्धान भइरहेको जनाइएको छ।