मुख्यमन्त्रीद्वारा लाभार्थीहरूलाई पर्चा अनि अलटमेन्ट अर्डर प्रदान

IMG-20250204-WA0290

गान्तोक: आज पूर्व सिक्किमको पाकिम जिल्लाअन्तर्गत रिनाकको बेङथाङ टार, पाँचेखानीमा एउटा कार्यक्रमबीच मुख्यमन्त्री प्रेमसिंह तामाङको बाहुलीबाट ६ जना लाभार्थीलाई पर्चा साथै २१ जनालाई सिक्किम सुकुमवासी कल्याण योजनाअन्तर्गत एलटमेन्ट अर्डर प्रदान गरियो। यस पहलको उद्देश्य आर्थिक रुपमा विपन्न परिवारहरूलाई जग्गाको स्वामित्व र सुरक्षा प्रदान गर्नु रहेको छ। यसै कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मुख्यमन्त्री तामाङले गरीब आवास योजनाअन्तर्गत लाभार्थीहरूका लागि आवास निर्माण गर्ने योजना पुनः शुरु गरिने घोषणा पनि गरे।
यसै अवसरमा रिनाक समष्टिका साचवटा ग्राम पञ्चायत एकाइले बाँझो जमीन पुनरुत्थान योजनाअन्तर्गत उत्पादित विभिन्न जैविक उत्पादनहरू मुख्यमन्त्री प्रेमसिंह तामाङ समक्ष उपहारस्वरुप प्रस्तुत गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement