ईंग्ल्याण्डविरुद्ध सीरीजमा कोहलीसँग रेकर्ड बनाउने मौका

IMG-20250204-WA0288

नयाँ दिल्ली: ईंग्ल्याण्डविरुद्ध ३ वटा वनडे म्याचको सीरीजको निम्ति तयार भातीय ब्याटर विराट कोहली खेलको यस प्रारूपमा एउटा ठूलो रेकर्ड बनाउने नजिक रहेका छन्। भारतका ३६ वर्षीय दिग्गज ब्याटर वनडे इण्टरनेशनल क्रिकेटमा सबैभन्दा तेज १४,००० रन बनाउने खेलाड़ी बन्ने नजिक छन्। अहिले यो रेकर्ड मास्टर ब्लास्टर सचिन तेन्दुलकरको नाममा रहेको छ, जसले फरवरी २००६-मा पाकिस्तानविरुद्ध आफ्नो ३५०औं वनडे ईनिंग्समा यस उपलब्धिलाई हासिल गरेका थिए। कोहलीले अहिलेसम्म २८३ वटा ईनिंग्समा ५० वटा शतक र ७२ वटा अर्द्धशतकको साथ ५८.१८ को औसत र ९३.५४-को स्ट्राईक रेटले १३,९०६ रन बनाएका छन्। अब आउँदो सीरीजमा ९४ रन बनाउन सफल भए कोहलीले सचिनको रेकर्ड तोड़्ने छन्। कोहलीले गत केही समयदेखि आशानुरुप प्रदर्शन चाहिँ गर्न सकेका छैनन्। गत वर्ष श्रीलंकाविरुद्ध वनडे सीरीजको ३ वटा म्याचमा उनले १९.३३-को औसतले केवल ५८ रन बनाएका थिए। २०२३-को १९ नोभेम्बरमा अष्ट्रेलियाविरुद्ध वनडे विश्व कपको फाइनलमा हारपछि कोहलीले केवल ३ वटा वनडे म्याच खेलेका छन्। सीरीजको पहिलो म्याच बिहीवार खेलिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement