सिलगढ़ी: मुस्लिम समुदाय नस्या शेखका सदस्यहरूले मंगलवार एउटा ऱ्याली निकालेर एसडीओ कार्यालय सामु प्रदर्शन गर्दै मूल मुस्लिम वा धरतीपुत्रको दर्जा दिइयोस् भनि मांग गरे। पश्चिम बंगाल नस्या शेख परिषदको पक्षबाट मुख्यमन्त्री ममता ब्यनर्जीलाई सम्बोधन गरिएको ज्ञापन पत्र सुम्पिइयो जसमा उत्पीड़नदेखि बच्नको लागि उनीहरूलाई दर्जा दिने माग गरिएको छ। पश्चिम बंगाल नस्या शेख परिषदको केन्द्रिय कमिटीका अध्यक्ष बाजले रहमानले भने, छिमेकी राज्य असमले नास्या शेख समुदायलाई भूमिपुत्रको मान्यता दिएको छ। बंगालमा एनआरसी (नेशनल रजिस्टर अफ सिटीजन्स) औ सीएए (सिटिजनशिप अमेण्डमेन्ट एक्ट) लागू गर्ने सम्भावनादेखि अत्यन्त चिन्तित छन्। यदि असम सरकारले जस्तै राज्य सरकारले हामीलाई भूमिपुत्रलाई मान्यता दियो भने नस्या शेख जनजाति समाज उत्पीड़नदेखि बच्नेछ। तर बंगालमा लामो समयदेखिकै बस्दै आइरहेको मुस्लिम नास्या शेख समुदायलाई भूमिपुत्रको मान्यता दिरहेको छैन। त्यसैले भूमिपुत्रको मागमा यो ऱ्याली निकालिएको हो। उनले भने, तत्काल भूमिपुत्रको मान्ता दिइयोस् भन्न खातिर एसडीओको माध्यमबाट मुख्यमन्त्रीलाई ज्ञापन सुम्पिइएको छ।










