नागपुर: भारतीय वनडे टीमका उपकप्तान शुभमन गिल ईंग्ल्याण्डविरुद्ध ३ वटा म्याचको आउँदो वनडे सीरीजमा असल परिणाम हासिल गर्ने विषयमा आशावादी छन्। उनले अष्ट्रेलियामा टेस्ट सीरीज हारको अवधि टीमको खराब प्रदर्शनलाई पर्वाह नगरी एउटा खराब सीरीजले टीमलाई परिभाषित नगर्ने दावी गर्दै लामो अन्तरालपछि यस्तो खराब प्रदर्शनपछि कुनै टीमको आलोचना गर्नु अनुचित हुने बताए। भारतले अष्ट्रेलियामा पाँचवटा टेस्ट म्याचको सीरीजमा १-३-ले हारको सामना गर्नु परेको थियो। त्यस सीरीजको हिस्सा रहने कप्तान रोहित शर्मा, विराट कोहली, केएल राहुल, रिषभ पन्त र स्वयं गिल जस्ता प्रमुख खेलाड़ीहरू आईसीसी च्याम्पियन्स ट्रफीको निम्ति दुबई जान अघि ईंग्ल्याण्डविरुद्ध ३ वटा वनडे म्याचको सीरीजमा हिस्सा लिन तयार छन्। गिलले भने, एउटा सीरीजले पूरा टीमको लयलाई परिभाषित गर्दैन। यस्ता धेरै खेलाड़ीहरू छन्, जसले अतीतमा धेरै सीरीज र टुर्नामेण्टहरूमा लगातार असल प्रदर्शन गरेका छन्। हामीले अष्ट्रेलियामा आशानुरुप प्रदर्शन गर्न नसकेको कुरामा कुनै सन्देह छैन तर हामीले केही असल क्रिकेट पनि खेलेका थियौं। टीमलाई यात्राको अन्तिम दिन भाग्यले पनि साथ दिएन कारण (जसप्रीत) बुमराह चोटको शिकार बने। त्यो म्याच जित्न सकेको भए सीरीज बराबरीमा समाप्त हुने थियो अनि ट्रफी हामीसँग कायम रहने थियो। त्यस्तो हुन सकेको भए अहिले यस्तो कुराहरू हुने थिएन। दाहिने हातका यस ओपनिंग ब्याटरले भने, एउटा म्याच या एउटा खराब दिनले कसैलाई परिभाषित गर्दैन। हामीले त्यहाँ (अष्ट्रेलियामा) दुईपल्ट जितिसकेका छौं । गत केही सालमा हामीले एउटा विश्व कप (टी२०) जितेका छौं अनि अन्य एउटा विश्व कपको फाइनलमा पुगिसकेका छौं। ईंग्ल्याण्डविरुद्ध आउँदो सीरीजमा टीमले असल परिणाम हासिल गर्ने मलाई पूरा विश्वास छ।