हतियार बेच्न खोजिरहेको आरोपमा एक युवक पक्राउ

IMG-20250204-WA0266

कोचबिहार: बक्शीरहाट पुलिस चौकीको पुलिसले हतियार बेच्न खोजिरहेको अवस्थामा एक युवकलाई रंगेहात पक्राउ गरेको छ। पक्राउ पर्ने युवकको नाम शाहिदुल शेख (उमेर २९) हो। उनको घर कुचबिहारको तुफानगञ्जको बलभूत झौकुठी क्षेत्रमा छ। उनको साथबाट चार राउन्ड गोलीसहित एउटा देशी बन्दुक बरामद भएको छ। यो घटना असम-बङ्गाल सीमामा रहेको झिङ्गापूर्णी क्षेत्रमा भएको हो। पुलिस स्रोतका अनुसार ती युवक तुफानगञ्जको बलभूत झौकुठी क्षेत्रबाट हतियार बेच्न आएका थिए। गोप्य स्रोतबाट प्राप्त जानकारीको आधारमा पुलिसले घटनास्थलमा छापा मारेको थियो। पुलिसले छापा मारेर युवकबाट एउटा बन्दुक, चार राउन्ड गोली, एउटा मोटरसाइकल र एउटा मोबाइल फोन बरामद गरेको छ। पुलिसले यस घटनामा पक्राउ परेका व्यक्ति विरुद्ध विशेष धारा अन्तर्गत मुद्दा दर्ता गरेको छ र सम्पूर्ण घटनाको अनुसन्धान शुरु गरेको छ। यस घटनामा अरु कोही संलग्न छन् कि छैनन् भन्ने बारेमा पनि पुलिसले अनुसन्धान गरिरहेको छ। पक्राउ परेका व्यक्तिलाई भोलि तुफानगञ्ज महकुमा सत्र अदालतमा पेश गरिने पुलिसले जनाएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *