अवैध रक्सी नियन्त्रणका लागि पुलिसले शुरु गर्यो अभियान

IMG-20250204-WA0257

 जलपाईगढी/राजगञ्ज: बेलाकोबा आउटपोस्टको पुलिसले अवैध रूपमा उत्पादन हुने रक्सी विरुद्ध अभियान चलायो। राजगञ्ज ब्लकको शिकारपुर चिया बगान डिपो लाइन क्षेत्रको बेलाकोबा आउटपोस्टका ओसी केटी लेप्चाको नेतृत्वमा मंगलबार यो अभियान चलाइयो। यस अभियानमा पुलिसले चिया बगान क्षेत्रमा करिब चालीस लिटर अवैध रक्सी नष्ट गर्नुका साथै विभिन्न रक्सी बनाउने उपकरणहरू जफत गरेको छ। यद्यपि, यस घटनामा कसैलाई पनि पक्राउ गरिएको छैन। पुलिस स्रोतका अनुसार अवैध रूपमा उत्पादन हुने रक्सी विरुद्ध यस्ता अभियान निरन्तर सञ्चालन गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement