राजेस थापा हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन तीनधारे महानदी समष्टि जोनल कमिटीको संयोजकको रुपमा चयन

IMG-20250204-WA0277

खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको श्रमिक संगठन हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियनको तीनधारे महानदी समष्टिको लागि राजेस थापालाई संयोजकको रुपमा नियुक्त गरिएको छ। आज उनलाई भागोप्रमोको खरसाङस्थित पार्टी कार्यालयमा हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन खरसाङ महकुमा समितिको सांगठनिक सभामा तीनधारे महानदी समष्टि जोनल कमिटीको लागि संयोजकको रूपमा चयन गरिएको छ। राजेस थापालाई तीनधारे महानदी समष्टिको संयोजकको रुपमा नियुक्ति पत्र हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन खरसाङ महकुमा समितिको सभापति सागर गुरुङ र सचिव भक्तिमान तामाङले प्रदान गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement