कनकाई (झापा): झापाको कनकाई नगरपालिकास्थित तुलसीबारीमा लागूऔषध कारोबारीलाई समात्न मंगलबार पुलिसले गोली चलाएको छ।
गोली लागेर एक जना घाइते भएको प्रहरी स्रोतले बताएको छ। घाइते हुनेमा भारतीय नागरिक छन्।
नेपाल भारत सीमा क्षेत्र नजिक पर्ने तुलसीबारीमा लागूऔषध कारोबारी समात्न लागूऔषध नियन्त्रण ब्यूरो र जिल्ला प्रहरी कार्यालय, झापाको टोली खटिएको थियो।
उनलाई अस्पतालतर्फ ल्याइँदै गरेको प्रहरीले जनाएको छ। थप विवरण आउन बाँकी छ।