इनरुवा:
पैसा छापेर दोब्बर दिने भन्दै ठगी धन्धा चलाउने गिरोहसँग मिलेर काम गर्ने समिना खातुन पक्राउ परेकी छिन्। सुनसरी जिल्ला इनरुवा नगरपालिका-३ स्थित होटेल सञ्चालन गरिरहेकी उनलाई इनरुवाबाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालय राजविराज ल्याएको प्रहरी नायब उपरीक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिए। आरोपित खातुनसहित गिरोहमा संलग्न तिन जना पक्राउ गरी अनुसन्धान भइरहेको सप्तरी प्रहरीले जनाएको छ।