खरसाङ: खरसाङ खण्ड विकास कार्यालयमा विशेष पञ्चायत अनि रुरल डेपलोपमेण्ट विभागको एउटा महत्त्वपूर्ण अनि जरुरी सभा खरसाङ खण्ड विकास अधिकारीकाे चेम्बरमा सम्पन्न भएको छ। सभामा सभासद श्याम शेर्पा, सभासद नवराज छेत्री, कार्यकारी सभासद कल्पना प्रधान, जीटीए पीएनआरडी विभागकाे एक्जुकेटिभ डाईरेक्टर तोपदेन भोटिया, खरसाङ खण्ड विकास अधिकारी कौशिक चक्रवर्ती, खरसाङ ईन्जिनियरिङ डिभिजन एक्जुकेटिभ ईन्जिनियर सुदर्शन छेत्री आदिकाे विशेष उपस्थितिमा बैठक सम्पन्न भएको छ।
उक्त बैठकमा वर्तमानमा भईरहेको योजनाहरु साथै भविष्यमा गर्नु पर्ने योजनाहरुबारे चर्चा परिचर्चा गरियो। विशेष जीटीएलाई जिल्ला परिषदकाे दर्जा साथै जिल्ला परिषदकाे फिफ्टिन फाइनेन्सको कोषबाट भईरहेको योजनाहरुबारे चर्चा गरिएको छ। जिल्ला परिषद काेषबाट हुने काम विशेष गरी ६०% पानी र सेनिटेसनमा लगाउनु पर्ने अनि ४०% अन्यमा लगाउनु पर्ने साथै उक्त कोष पञ्चायती क्षेत्रमा मात्रै लगाउनु सक्ने नियम भएकोले अहिले हुँदै गरेको कार्यहरुबारे चर्चा गरियो साथै भविष्यकाे लागि धेरै धेरै योजनाहरु तयार पारियो भनी सभासद श्याम शेर्पाले जानकारी गराएका छन्।