खरसाङ: तृणमूल कांग्रेसको ट्रेड युनियन आईएनटीटीयुसी (चाय बगान श्रमिक संगठन) को राज्य स्तरीय सचिव सन्तोष तामाङ भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको श्रमिक संगठन हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियनमा सामेल भएका छन्। उनलाई भागोप्रमोको श्रमिक संगठनमा खरसाङ महकुमा समितिको पदाधिकारीहरुले स्वागत जनाएका छन्। सन्तोष लामा विगत २०१७ को गोर्खाल्याण्ड आन्दोलनमा सक्रिय थिए भने अनित थापासित शुरुदेखि नै नजिकमा रहेर कार्य गर्दै आईरहेका थिए। तर केही समयदेखि तृणमूल कांग्रेसमा सामेल भएर ट्रेड युनियनको ठूलै पदमा पुगेर कार्य गरिरहेका थिए। उनी अहिले पुनः अमित थापाको नेतृत्वमा रहेको भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको श्रमिक संगठन हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियनमा सामेल भएका छन्। उनी सामेल हुनसाथ हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन खरसाङ महकुमा समितिको प्रचार प्रसार सचिवमा नियुक्त गरिएको छ। उनलाई भागोप्रमोको श्रमिक संगठन हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियनको खरसाङ महकुमा समितिको सभापति सागर गुरुङ र सचिव भक्तिमान तामाङले खरसाङ महकुमा समितिको प्रचार प्रसार सचिवको रुपमा नियुक्ति पत्र प्रदान गरेका छन्। तृणमूल कांग्रेसको ट्रेड युनियनबाट भागोप्रमोको श्रमिक संगठनमा सामेल भएको विषयमा पत्रकारहरुले सोधेका प्रश्नको उत्तरमा सन्तोष तामाङले तृणमूल कांग्रेस पार्टी नराम्रो होइन राम्रै पार्टी हो तर मेरो मन मिल्ने साथीहरु भागोप्रमोको ट्रेड युनियनमा रहेकोले काम गर्न सजिलो हुने बताएका छन्। उनले भने, ‘मैले श्रमिक संगठनको सभामा सदैव सम्भाषण दिन्दा जु। पार्टीले श्रमिकहरुको निम्नत्तम रोजगार अधिनियममाथि कार्य गर्छ उसैलाई समर्थन गर्छु भनेको थिए र भागोप्रमोको श्रमिक संगठनमा यो कुरा रहेकोले म सामेल भएको छु।’
सन्तोष तामाङले भागोप्रमोको ट्रेड युनियनसित मिलेर काम गर्न सजिलो हुने पनि बताएका छन्।