हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन खरसाङ महकुमा समितिको सांगठनिक सभा सम्पन्न

IMG-20250204-WA0246

खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको भातृ संगठन हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन खरसाङ महकुमा समितिको सभा पार्टी कार्यालयमा सभापति सागर गुरुङको अध्यक्षतामा सम्पन्न भएको छ। सभामा संगठनलाई दह्रिलो बनाउन खरसाङ महकुमा समितिमा थप प्रतिनिधिहरु नियुक्त गरिने विषयमा चर्चा परिचर्चा गरिएको छ।‌ सभामा प्रत्येक बगान युनिटको समस्याहरुलाई लिएर डीटीए र आईटीएमा सभा बसेर समाधान गर्ने प्रस्ताव पारित गरिएको छ।‌ संगठनमा निष्क्रिय प्रतिनिधिहरुका स्थानमा नयाँ पदाधिकारीहरु नियुक्त गरिने विषयमा सभामा प्रस्ताव पारित गरिएको छ। सभामा हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन खरसाङ महकुमा समितिको सभापति सागर गुरुङ र सचिव भक्तिमान तामाङले प्रत्येक बगानको शाखा समितिलाई आफ्नो आफ्नो बगान युनिटको तर्फबाट बागान प्रबन्धकलाई मांग पत्र बुझाई दिने निवेदन गरेका छन्। सभामा बसन्त कुलुङ राईलाई खरसाङ महकुमा समितिको कार्यकारी सचिवको पदमा नियुक्ति गरिएको छ भने सन्तोष तामाङलाई महकुमा समितिको प्रचार प्रसार सचिवमा नियुक्त गरिएको छ। त्यसरी नै तीनधारे महानदी समष्टिको लागि राजेस थापालाई संयोजकको रुपमा नियुक्त गरिएको छ। त्यसको साथै सोनादा क्षेत्रको बगानहरु क्रमैले रंगबुक, सिडर्स, मुण्डा, रिंगटाङ आदिमा दुईजना संयोजकहरु चयन गरिने सभामा पारित गरिएको छ।‌ आजको सभा विषयमा पत्रकारहरुसित कुराकानी गर्दै हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन खरसाङ महकुमा समितिको सचिव भक्तिमान तामाङले विस्तृत रुपमा जानकारी गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement