खरसाङमा भूतपूर्व सैनिकहरुद्वारा गोर्खा राइफल्सको ७७औं स्थापना दिवस पालन

IMG-20250204-WA0253

खरसाङ: खरसाङमा भूतपूर्व सैनिकहरुद्वारा ६/८ गोर्खा राइफल्सको ७७औं स्थापना दिवस समारोह सम्पन्न गरेका छन्‌। दार्जिलिङ, कालेबुङ, खरसाङ, तराई र सिक्किम क्षेत्रका ६/८ गोर्खा राइफल्सको भूतपूर्व सैनिकहरुद्वारा खरसाङको नयाँ बजारस्थित सार्वजनिक भवनमा एक समारोहबीच राईजिङ डे अर्थात् ७७औं स्थापना दिवस समारोह सम्पन्न भएको छ। ४ फरवरी १९४८ सालमा स्थापना भएको ६/८ गोर्खा राइफल्सको ७७औं स्थापना दिवस समारोहको अध्यक्षता संगठनको सभापति अनरेरी कप्तान टीबी गुरुङले गरेका थिए। कार्यक्रमलाई अनरेरी कप्तान श्यामधोज तामाङले सञ्चालन गरेका थिए। कार्यक्रममा स्वागत सम्भाषण साथै संगठनको हर हिसाब विषयमा संगठनकि सचिव प्रताप थापाले राखेका थिए। कार्यक्रममा दीप प्रज्ज्वलनसहित शहीदहरुलाई खदार्पण गरेर श्रध्दाञ्जली अर्पण गरिएको थियो। यसको साथै दिवगंतहरुलाई श्रध्दाञ्जली अर्पण गर्दै मौन धारण गरिएको छ।‌ कार्यक्रममा केक काटेर साथै रेजिमेन्टको सामुहिक गीत गाएर स्थापना दिवस पालन गरिएको छ।

कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रम पनि आयोजना गरिएको छ‌। यसै अवसरमा ६/८ गोर्खा राइफल्सको ७७औं स्थापना दिवस र यसको इतिहास साथै उपलब्धिहरु विषयमा अनरेरी कप्तान श्यामधोज तामाङले वक्तव्य राखेका थिए। उनले ६/८ गोर्खा राइफल्सको स्थापना र इतिहास विषयमा बताएका छन्।‌ उनले आफ्नो सम्बोधनमा भने, ‘हामी ६/८ गोर्खा राइफल्सको अंश भएर कार्य गर्नु पाएकोमा गर्व लागेको छ। गोर्खा राईफल्सको ऐतिहासिक महत्व छ। गोर्खा राईफल्सले धेरै ऐतिहासिक उपलब्धिहरु प्राप्त गरेको छ।’


उनले अघि भने, ‘गोर्खाहरु निडर हुन्छन्‌ भन्ने कुरा साथै गोर्खाहरुको बहादुरी विश्वलाई थाहा छ। हिटलरले एकपल्ट भनेका थिए, मसित गोर्खा सेनाहरु भएको भए म विश्व बिजय गर्ने थिए। मर्नु कसैले‌ डर लाग्दैन भन्छ भने उसले ढाट्दैछ कि उ गोर्खा हो भन्ने भनाई पनि छ।’
उनले गोर्खा राइफल्सको स्थापना ४ फरवरी १९४८ मा भएको बताउँदै गोर्खा राईफल्सको ऐतिहासिक महत्व र विशेष उपलब्धिहरु विषयमा बताएका छन्। समारोहमा दार्जीलिङ, कालेबुङ, सिक्किम, डुवर्स क्षेत्रबाट गोर्खा राइफल्सको भूतपूर्व सैनिकहरु उपस्थित रहेका थिए। यस कार्यक्रम विषयमा पत्रकारहरुसित कुराकानी गर्दै ६/८ गोर्खा राइफल्स भूतपूर्व सैनिक संगठनको सचिव प्रताप थापाले विस्तृत रुपमा जानकारी गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement