बालासन खोलाको बगरमा डा. इन्द्रबहादुर राईको ९८औं जन्म जयन्ती पालन

IMG-20250204-WA0240

खरसाङ: मानव उत्थान सेवा समिति खरसाङ तहसिल बालासन शाखाद्वारा नेपाली साहित्यका धरोहर डा. इन्द्रबहादुर राईको ९८औं जन्म जयन्ती भव्यताका साथ बालासन खोलाको बगरमा पालन गरेको छ। कार्यक्रमको पूर्वार्ध्दमा माउसेस बालासन शाखाले वर्तमान नेहुर बालासनको फेदीमा अवस्थित बगरमा ग्यामनसित जोड्ने विशाल पूलको कार्यमा श्रमदान दिदै कार्यहरु गरे। नेहुर बालासन शाखाबाट लगभग तीसजनाभन्दा बडी सदस्य सदस्याहरुले बिहानदेखि कामहरु गर्दै उत्तरार्ध्दमा नेपाली साहित्यका शिखर पुरूष डा इन्द्रबहादुर राईको ९८औं जन्म जयन्ती पालन गरेको छ। निर्ग प्रधानको सभापतित्वमा सम्पन्न कार्यक्रममा अन्य विशिष्ट अथितिहरु क्रमैले साहित्यकार रमेश दिलपाली, विक्रमादि राई, लोकेश राई, दिलकुमार देवान, विक्रम चाम्लिङ उपस्थित रहेका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै विक्रम चामलिङले आजको यो कार्यक्रम एउटा ऐतिहासिक कार्यक्रम भएको भन्दै यो बालासन खोलाको बगरमा नै नेपाली साहित्यका महान हस्ती डा. इन्द्रबहादुर राईको जन्म भएको हो भन्दै सन् २०१९ मा हाम्रो गृहमन्त्री अमित शाहले दार्जिलिङलाई डा. इन्द्रबहादुर राई जन्मेको ठाउँ भनेको छ भन्दै साहित्यमा डा. इन्द्रबहादुर राईले विपुल क्रान्ति ल्याएको बताएका छन्। उनले आयामेली आन्दोलन, लिलालेखन जस्ता आन्दोलनले नेपाली साहित्यमा ठूलो छाप छोडेको कुरो उठान गर्दै डा. इन्द्रबहादुर राईले आफ्नो जन्मबारे आत्मा स्वीकृति दिएको कुरोलाई अघि राख्दै भने, ‘बालासन खोलामा १९२७ सालमा पूल बनाउनु थियो, सोनादा कि खरसाङ रेल स्टेशनदेखि मालताल बालासन झार्नु पर्ने ठेका आमाकी जेठी दिदीले लिएकी थिइन्। बालासनमा छाप्रोमा बहिनी ज्वाई रणबीर र हस्तमाया बसेकी थिए। म त्यही जन्मन्छु।उनले अघि भने कोही पनि जन्मियोस हामीले पूजा गर्न सक्छौं। जन्मजयन्ती मनाउन सक्छौं। यो आत्मा स्वीकृतिले के भन्छ भने उनी बालासनमै जन्मेका थिए। बालासनको बगरमै जन्मनु भएको थियो। उनले बालासन भेगका दिवङ्गत साहित्यकार, कविहरु जगदीश थापा, हरिश बम्जन अनि वर्तमानका कथाकार विनोद सागर राईले साहित्यप्रति दिएको योगदानको प्रशंसा गरे।उनले यो बालासन बगरमा डा. इन्द्रबहादुर राईको सालिग स्थापना गर्ने कार्यको थालनी गर्ने जसले गर्दा यो बालासन बगरमा पर्यटक अनि देश विदेशका साहित्यकारहरुको आगमन हुने आशावादी रहँदै आगामी २०२७ मा डा. इन्द्रबहादुर राईको सालिग बालासनको बगरमा स्थापना गरेर २०२७ मा डा. इन्द्रबहादुर राईको शताब्दी कार्यक्रम गर्ने जानकारी गराएका छन्। कार्यक्रममा युवा कवि रमेश दिलपालीले आजको यो कार्यक्रम ऐतिहासिक रहेको भन्दै आजको दिन मलाई लोभ लाग्यो। लोभ लागेर आजको कार्यक्रममा आएको भन्दै डा. इन्द्रबहादुर राई यही बगरमा जन्मिएको भन्दै सन् १९६८ सालको भल पैह्रोले उनको घरेटी तहसनहस गरेको भन्दै त्यसपछि उनी दार्जिलिङ बसाइ सरेको ठोकुवा गरे। इबराले नेपाली साहित्यलाई विश्व साहित्यमा चिनाएको छ, विश्व साहित्यले चिनेको हाम्रो नश्लको मानिस हो, आज कुनै पनि साहित्यिक संघ संस्थाले सोच्यो इन्द्रबहादुर राई यस्तो उस्तो भन्छ लिलालेखन, तेस्रो आयाम बारे चर्चा गर्छ तर डा. इन्द्रबहादुर राई जन्मेको यो ठाउँमा आएर कुनै पहल गरेको छ, जुन कार्यलाई मानव उत्थान सेवा समिति बालासन शाखाले एउटा ऐतिहासिक कार्य गरेको छ भने।कार्यक्रममा विक्रमादि राई, लोकेश राई, डी. के. देवानले पनि सम्बोधन गरेका थिए। इशा राई अनि प्रज्ञा तामाङले इन्द्रबहादुर राईको कविता,स्वरचित गजल पठन गरिन्। कार्यक्रमको सञ्चालन राजीव त्रिखत्रीले गरेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement