खरसाङ: खरसाङ विधानसभा क्षेत्रका प्रतिनिधिवर्ग लिएर आज खरसाङको गोर्खा जन पुस्तकालयमा एउटा आकस्मिक सभा सम्पन्न भयो। गोरामुमो खरसाङ ब्राञ्च कमिटी अध्यक्ष निमा लामाको अध्यक्षतामा बसेको सभामा सचिव युद्ध छेत्रीले सभालाई सञ्चालन गरेका थिए। सभामा गोरामुमो मिरिक ब्राञ्च कमिटी अध्यक्ष महेन्द्र छेत्री, मिरिक ब्राञ्च कमिटीका प्रतिनिधिवर्ग, केन्द्रीय समिति सदस्यगण, भ्रातृ संगठन, भुतपुर्व सैनिक संगठन, गोरायुमो प्रतिनिधिवर्ग, गोरानासंका प्रतिनिधिवर्ग उपस्थित रहेका थिए। सभामा खरसाङ विधानसभा क्षेत्रका विषय अनि अब सम्पन्न हुने त्रिपक्षीय वार्ता विषय लिएर व्यापक छलफल गरिएको जानकारी प्राप्त भएको छ।सभामा प्रतिनिधिवर्गले वर्तमान राजनैतिक परिवेश विषय लिएर आ-आफ्नो सम्बोधन राखेका थिए। सभापछि निमा लामाले पत्रकारहरुलाई सम्बोधन गर्दै भने, सिक्किमका मुख्यमन्त्री प्रेम सिंह तामाङ गोलेले आगामी १० फरवरी २०२५ को दिन सम्पन्न हुने बैठकमा यहाँको क्षेत्रीय मुद्दाहरुलाई छलफल गरिने भन्ने विषयलाई स्वागत जनाउँदै मुख्यमन्त्री प्रेमसिंह तामाङ गोलेप्रति आभार व्यक्त गरेका छन्। यदि भारत देशमा गोर्खाहरुको मुद्दा विषय लिएर जसले पनि सहयोग पुर्याउछ भने हामी त्यसको स्वागत जनाउदछौं। यसै सन्दर्भमा विधायक बीपी बजगाईले विगत केही दिन अघि छैटौं अनुसूचीमाथि दिएको बयान विषय लिएर बोल्दै निमा लामाले भने, २०२५ मा छैटौं अनुसूचीको सम्झौता हुँदा विरोध गर्ने पनि बजगाईनै हो। हामीले छैटौं अनुसूचीमार्फत गोर्खाहरुको भूमिको सुरक्षाको निम्ति गरेको हो। यदि छैटौं अनुसूची भएको भए आज गोर्खाहरुको यो अवस्था हुने थिएन।’
उनले जब बंगाल सरकारले पाँच डेसिमलको अधिसूचना जारी गर्दा बीपी बजगाई कहाँ थियौं भनी प्रश्न गर्दै निमा लामाले भने, दिल्लीमा जब गोर्खाहरुको निम्ति शुभ संकेत हुन्छ भने विधायक बीपी बजगाइं जस्तो मिरजाफारको जन्म हुन्छ। विधानसभा चुनाव अघि बीपी बजगाईलाई खरसाङको जनताले चिनेको थिएन हामीले घर दैलो भ्रमण गरी जिताएका हौं। आज खरसाङ विधानसभा क्षेत्रका जनता रुष्ट छन्। जनताले खोजिरहेको छ। जातिको मुद्दालाई अघि बडाउन , जनताको सेवा गर्न जनताले बजगाईलाई जिताएको हो। तर मुद्दाको निम्ति के गर्यौ? खोइ जनताको सेवा गरेको? आजकल त गोर्खाल्याण्ड भन्नू पनि छोडी सक्यो भनी प्रश्न गर्दै निमा लामाले भने, विगतको लोकसभा चुनावमा आफ्नै पार्टीको विरुद्ध उठेर जमानत समेत जफ्त भएको याद छ होला। अब दिल्लीमा गोर्खाहरुको निम्ति शुभ संकेत हुने समय आउँदैछ अब बीपी बजगाईले यसबारेमा अफवाह नफैलाई दिने निमा लामाले चेतावनी समेत दिएका छन्।