नयाँ दिल्ली: प्रधानमन्त्रीको “मेक इन इण्डिया” दृष्टिकोणले भारतलाई वैश्विक विनिर्माण केन्द्र बन्न मद्दत गरिरहेको छ। यहाँ शुरु भएको एक दसकभितिर मेक इन इण्डिया कार्यक्रमले हाम्रो आत्मनिर्भरता मात्र नबढाएर उत्पादनलाई पनि बढावा दिनका साथमा रोजगार पनि सिर्जना गरिरहेको छ। यस सम्बन्धमा डाटा साझा गर्दै केन्द्रिय ईलेक्ट्रनिक्स एवं सूचना प्रौद्योगिकी, रेलवे तथा सूचना एवं प्रसराण मन्त्री अश्विनी वैष्णवले बितेको दसकमा भारतको मोबाइल र ईलेक्ट्रनिक्स विनिर्माण क्षेत्रमा उल्लेखनीय परिवर्तन आएको उजागर गरे।
आयातदेखि स्वतन्त्रतासम्म – मोबाइल विनिर्माणमा भारतको उदय
भारतले मोबाइल अनि ईलेक्ट्रनिक्स विनिर्माणमा उल्लेखनीय प्रगति गर्नका साथै विश्वको दोस्रो बृहत् मोबाइल विनिर्माण देश बनेको छ। २०१४ सम्म भारतमा केवल २ मोबाइल विनिर्माण एकाइ थियो, तर आझ देशमा ३००- भन्दा धेरै विनिर्माण एकाइ छन्, जसले यस महत्त्वपूर्ण क्षेत्रमा उल्लेखनीय विस्तारलाई रेखाङ्कित गर्दछ। वर्ष २०१४-१५ मा भारतमा बिक्री हुने केवल २६ प्रतिशत मोबाइल फोन भारतमा निर्माण हुन्थ्यो र रहल आयात गरिन्थ्यो। उल्लेखनीय कुरा के छ भने आज भारतमा बिक्री हुने ९९.२ प्रतिशत मोबाइल फोन भारतमै बन्दछ। मोबाइल फोनको विनिर्माण मूल्य ₹१८,९०० करोडबाट बढेर वित्त वर्ष २०२४ मा ₹४,२२,००० करोड पुगेको छ।
भारतमा हरेक वर्ष ३२५ देखि ३३० मिलियनभन्दा धेरै मोबाइल फोन बनाइन्छ र औसत भारतमा करिबल एक बिलियन मोबाइल फोन उपयोगमा छन्। भारतीय मोबाइल फोनले घरेलु बजारलाई करिब परिपूर्ण गरिदिएको छ र यसै कारण मोबाइल फोनको निर्यातमा धेरै वृद्धि भएको छ। २०१४ मा निर्यात शून्य बराबर थियो जुन आज ₹१,२९,००० करोडभन्दा धेरै पुगेको छ।
ईलेक्ट्रनिक्स विनिर्माणमा रोजगार सिर्जनाको एक दशक
यस क्षेत्रको विस्तार रोजगारको प्रमुख स्रोत पनि रहेको छ, जसले विगत एक दशकमा करिब १२ लाख प्रत्यक्ष अनि परोक्ष रोजगार सिर्जना गरेको छ। यी रोजगार अवसरहरूले कैयौं परिवारको आर्थिक स्थिति मात्र नसुधारेर देशको सामाजिक-आर्थिक तानाबानामा पनि योगदान दिएका छन्। यो कोशेढुङ्गा हासिल गर्न मेक इन इण्डिया पहलको महत् भूमिका रहेको छ। यस अन्तर्गत चार्जर, ब्याट्री प्याक, सबै प्रकारको मेकानिक्स, युएसबी केबल जस्ता महत्त्वपूर्ण कलपूर्जा अनि उप-एसेम्बलीको घरेलु उत्पादनलाई सक्षम बनाएको छ र लिथियम आयन सेल, स्पीकर अनि माइक्रोफोन, डिस्प्ले एसेम्बली र क्यामेरा मोड्युल जस्ता बढी जटिल घटकरको उत्पादन गरिँदैछ। भविष्यमा मूल्य शृङ्खला लगायत बढी गहिराईका साथ अघि बढ्न ध्यान केन्द्रित गरिनेछ। विशेष गरी कलपूर्जा अनि अर्धचालकको उत्पादनमा। यो परिवर्तन आत्मनिर्भरता बढाउन र भारतलाई वैश्विक ईलेक्ट्रिक्स बजारको पङ्क्तिमा पहिलो स्थानमा स्थापित गर्ने रणनीतिको अंश हो।
मूल्य शृङ्खलालाई गहन बनाउनु :ल भारतको ईलेक्ट्रनिक्स विनिर्माणलाई अघि बढाउनु
अब मूल्य शृङ्खलामा अझ गहिराईका साथ अघि बढ्नमाथि ध्यान केन्द्रित गरिने र यसमा उत्तम कलपूर्जा अनि सेमीकण्डक्टर उत्पादनमाथि बढी जोड दिइरहेको उल्लेख गर्दै यो इलेक्ट्रनिक कलपूर्जा इकोसिस्टम स्वदेशमा विकसित हुने सुनिश्चित गर्नुरहेको केन्द्रिय मन्त्री अश्विनी वैष्णवले बताए। यसबाट वैश्विक स्तरमा एउटा अग्रणी ईलेक्ट्रनिक्स बजारका रूपमा भारतको स्थिति प्रबल हुने उनले बताए। १९५० देखि १९९० बीच प्रतिबन्धात्मक नीतिहरूले विनिर्माण बाधित गरेको थियो। तथापि, मेक इन इण्डियाले मूल्य शृङ्खलामा गहिराइका साथ प्रवेश गरी घटक अनि चिप्सहरूको उत्पादन बढाएर यस प्रवृत्तिलाई उल्ट्याएको उनले बताए। देशमा सेमी कण्डक्टर विनिर्माण आधार स्थापित गर्नु मेक इन इण्डियाको महत्त्वपूर्ण अंश रहेको र यो भारतले ६ दसकदेखि हासिल गर्ने प्रयास गरिरहेको छ। भारत सेमीकण्डक्टर मिशनको शुभारम्भका साथमा स्वीकृत गरिएका पाँच प्रमुख परियोजनाका साथ माइक्रोनबाट शुरु हुँदै टाटा इलेक्ट्रनिक्सको दुईवटा परियोजना, सीजी पावरको एउटा परियोजना र कीन्सको अन्तिम परियोजनाका साथ सेमीकण्डक्टरको वास्तविक विनिर्माण आधार भारतमा स्थापित गरिँदैछ।
मेक इन इण्डियाले नयाँ आर्थिक युगलाई आकार दिइरहेको छ
खेलौनादेखि लिएर मोबाइल फोन, रक्षा उपकरणदेखि लिएर ईभी मोटरसम्म, उत्पादन भारतमा फर्किआउँदैछ। भारतका प्रधानमन्त्रीको “मेक इन इण्डिया” परिकल्पना भारतलाई वैश्विक विनिर्माण केन्द्र बनाउनु रहेको छ। मेक इन इण्डिया कार्यक्रमले आत्मनिर्भरतालाई बढावा दिनका साथमा उत्पादनलाई टेवा दिँदै रोजगार सिर्जना गरिरहेको छ, जसबाट देशको आर्थिक सुदृढतामा महत्त्वपूर्ण योगदान पुगिरहेको छ। -पीआईबी