सिलगढी: पश्चिम बङ्गाल नस्य शेख विकास परिषद्ले फेरि एक पटक भूमिपुत्र (माटोको छोरा) को रूपमा मान्यताको माग गर्दै आवाज उठाउन थालेको छ। पश्चिम बङ्गाल नस्या शेख विकास परिषद दार्जीलिङ जिल्ला समितिले जिल्लापाललाई भूमिपुत्रको रूपमा मान्यता दिन माग गर्दै ज्ञापनपत्र बुझाएको छ। पश्चिम बङ्गाल नस्या शेख विकास परिषद्को दार्जीलिङ जिल्ला समितिका सदस्यहरू मंगलबार दिउँसो सिलगढीको मल्लागढीमा भेला भएर जुलुसको माध्यमबाट सिलगढी महकुमा शासकको कार्यालय पुगे। नस्या शेख जनजातिलाई माटोको छोराको रूपमा मान्यता दिने लगायत धेरै मागहरू सम्बन्धी सिलगढी जिल्लापाललाई ज्ञापनपत्र बुझायो। कार्यक्रममा केन्द्रीय समितिका अध्यक्ष बजले रहमान लगायतको उपस्थिति थियो। नस्या शेख जनजातिलाई माटोका छोराको रूपमा मान्यता दिने केन्द्रीय समितिका अध्यक्ष बजले रहमानले राज्य सरकारले उनीहरूलाई तुरुन्तै माटोका छोराको रूपमा मान्यता दिनुपर्ने बताए। साथै बाँकी रहेका दाबीहरू पनि चाँडै स्वीकार गरिनुपर्ने, र यदि उनीहरूको माग पूरा नभए आगामी दिनमा उनीहरूले ठूलो आन्दोलन गर्ने बताएका छन्।