पाचथर: ताप्लेजुङको पाथीभरामा केबलकार निर्माणको विरोध गरिरहेको समूहले पाँचथरमा रुख ढालेर सडक अवरुद्ध गर्दा सुत्केरी व्यथा लागेर एम्बुलेन्समा अस्पताल गइरहेकी एक महिला बिचल्लीमा परेको खबर आएपछि उनलाई उद्धार गरेर प्रहरीले अस्पताल पठाएको छ।
सडक अवरोधका कारण पाँचथरको हिलिहाङ-२ को सिंहपुरदेखि सदरमुकाम फिदिम लाँदै गरेकी बिरामी १८ वर्षीय कल्पना जोगीलाई बन्दकर्ताले रुख ढालेर सडक अबरुद्ध गरेको भन्ने जानकारी पाउन साथ रुख हटाएर अस्पताल पठाईएको पाँचथरका प्रहरी प्रमुख (डीएसपी) कौशल कुमार बुढाथोकीले जानकारी दिए।