झापा: ताप्लेजुङको पाथिभरा क्षेत्रमा सरकारले केबलकार निर्माणको प्रक्रिया अगाडि बढाएपछि पहिचान पक्षधरहरू आन्दोलनरत छन्।
यसैबीच आइतबार र सोमबार कोशी प्रदेशका नौ वटा जिल्लामा यातायात बन्द गरियो। आज पनि यातायात पूर्बका ९जिल्लामा बन्द छ। यातायात बन्दका कारण प्रत्यक्ष प्रभाव परेको छ।
केबलकार बनाउन नहुने मागसहित आन्दोलनरत ‘नो केबलकार समूह’ले सरकारसँग वार्ता गर्न चार सदस्यीय वार्ता समिति गठन गरेको छ।
समितिको संयोजकमा प्राज्ञ अमर तुम्याहाङ रहेका छन्।
आन्दोलनरत समूहले सोमबार साँझ जारी गरेको विज्ञप्तिअनुसार समितिको सदस्यहरूमा शंकर लिम्बू, राम मादेन र सरस्वता सिंगक (सरु) रहेका छन्।
यसअघि सरकारले विवाद समाधान गर्न गृह मन्त्तालयका सहसचिव प्रेमप्रसाद भट्टराईको संयोजकत्वमा आइतबार वार्ता टोली बनाइसकेको छ।









