सिलगढी: हिजो (३ फरवरी)का फूलपाती समाज चैतन्यपुर शिव मन्दिरले आफ्नो गाउँ परिसरमा सरस्वती माताको पूजा आराधना विगत वर्षहरूमा झैं आयोजन गरी भव्य रूपले मनायो। सन् २०१६ मा स्थापित भएको फुलपाती समाज, चैतन्यपुर, हालेरमाथा आर्मी रोड खड्कसिंह मार्ग शिव मन्दिर क्षेत्रमा बसोवास गरेका नेपालीघरहरू मिलेर गठन गरेको होl यस समाजले हर साल नै आफ्नो जातीय व राष्ट्रिय पर्व चाँडहरु क्रमैले , दसैं तिहार भानु जयन्ती , तिज , स्वतन्त्रता यसपाली सरस्वती पूजा भव्य रूपले आयोजना गर्योl जसमा विद्यार्थीवर्ग, बालबालिकाहरू, युवाहरू, बुढापाका सबैले भक्तिभाव , उत्साहको साथमा व्रत रकहेर पूजामा भाग लिएl पूजामा समाजका नारी प्रकोष्ठ, माताहरुले पूजामा सहभागी भएर नि:स्वार्थ सेवा प्रदान गरेl बिहानीपख पण्डितको मन्त्रोच्चारणसित पूजा उपासना, हवन, प्रसाद वितरण आदिको कार्यक्रम सञ्चालन भयो। साँझमा साई भजन केन्द्र , समाजका बालक बालिकाहरूले वेद पाठ वाचन , भजन किर्तन , सांस्कृतिक नृत्य, गीतहरू अनि आध्यात्मिक कार्यक्रम भव्य रूपले भक्ति भावसँग प्रस्तुत गरेर सबैमा मनोरञ्जन पुर्याए, आध्यात्मिक सन्तुष्टि प्रदान गरे। आज (४ फरवरी) पनि भक्तिभावसँग पूजा उपसना आरती प्रसाद वितरण आदिको कार्यक्रम सञ्चालन गरी बालसन नदीमा माताको मूर्ति विसर्जन गरेर फुलपाती समाजद्वारा सरस्वती पूजाको कार्यक्रम समापन गरियो।










