बाँदरको उपद्रोले पटाकाटा कालोनीका बासिन्दा त्रसित

IMG-20250204-WA0172

जलपाईगढी: जलपाईगढी पटाकटा कोलोनी क्षेत्रमा आज बिहानै बाँदरको उपद्रो देखियो। बाँदरको उपद्रोले स्थानीय बासिन्दा त्रसित छन्, किनकि यस्ता घटनाहरू दिनहुँ भइरहेका छन्। पटाकाटा कोलोनी क्षेत्रमा बाँदरहरूको समूह घरभित्र पसेर आतंक मच्चाउँछ। सरस्वती पूजा सकिएलगत्तै आज बिहान बाँदरहरूको समूहले पूजा पण्डालमा आक्रमण गर्यो। बाँदरहरूले पण्डालका सबै सामानहरू नष्ट पारेका छन्, केही खाएका छन् र केही तोडफोड गरेका छन्। शहरवासीहरू बाँदरको आतंकबाट वाक्क भइसकेका छन्। सबैले वन विभागको हस्तक्षेपको माग गरेका छन्।  “बाँदरहरूको समूहको आतंकले गर्दा मानिसहरू धेरै डराएका छन्’’, मानिसहरू भन्छन्, ‘‘बाँदरहरू घरमा पस्छन् र जे भेटिन्छन् त्यही खान्छन्। घरका सामानहरू नष्ट गर्छन् र लुगा च्यात्छन्। सरस्वती पूजाको प्रसाद बाँदरहरूको समूहले खाएको छ।‘‘ बाँदरको त्रासले गर्दा मानिसहरू सुत्न नसक्ने बताउँछन्। कोही कोही रातभरि जागा बस्छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement