कोहली र रोहितको समर्थनमा अघि आए केविन पीटरसन

IMG-20250204-WA0208

नयाँ दिल्ली: ईंग्ल्याण्डका पूर्व कप्तान केविन पीटरसनले विराट कोहली र रोहित शर्मा चाँड़ै फर्ममा देखिने आशा व्यक्त गरेका छन्। यसको साथमा उनले यी दुईजना दिग्गजले अझ केही सालसम्म भारतको निम्ति खेल्न जारी राख्ने आशा व्यक्त गरे। अष्ट्रेलिया यात्रामा खेलिएको बोर्डर-गावस्कर ट्रफीको अवधि कोहली र रोहितको प्रदर्शन निराशाजनक रहेको थियो। अब यी दुईजनालाई ईंग्ल्याण्डविरुद्ध ३ वटा म्याचको घरेलु वनडे सीरीजमा खेलिरहेको देखिनेछ। त्यसपछि यी दुईजनाले च्याम्पियन्स ट्रफीमा पनि हिस्सा लिनेछन्। पीटरसनले यी दुईजनालाई खेलको दिग्गज बताउँदै कोहली र रोहितले कसैलाई केही साबित गर्ने आवश्यकता नरहेको बताए। ईंग्ल्याण्डका पूर्व कप्तानले कोहलीको सराहना गर्दै उनलाई लक्ष्यलाई पीछा गर्दै भारतको निम्ति अहिलेसम्मका सर्वश्रेष्ठ खेलाड़ी बताए। पीटरसनले भने, यी खेलाड़ीहरूले कसैलाई केही साबित गरेर देखाउने आवश्यकता छैन कारण उनीहरू खेलका दिग्गज हुन्। उनीहरू अद्भूत मनोरञ्जनकर्ता हुन्। अहिले यी दुईजना ३५ र ३६ (वास्तवमा ३६ र ३७) सालका छन् अनि अझ केही साल आरामसँग खेल्न सक्छन्। कोहली आफ्नो देशको निम्ति लक्ष्यलाई पीछा गर्ने मामिलामा सर्वश्रेष्ठ ब्याटर हुन्। विश्वमा अन्य कुनै पनि ब्याटरले कोहली जति म्याच जिताएका छैनन्।
पीटरसनले बताएअनुसार, उनी कोहली र रोहित दुवैलाई माया गर्छन्। यसको साथमा उनले २०१२-मा पहिलोपल्ट देख्दा नै वर्तमान भारतीय कप्तान विशेष प्रतिभा भएको खेलाड़ी ररहेको बुझेको दावी गरे। पीटरसनले भने, म यी दुवै (कोहली र रोहित)-लाई माया गर्छु। मलाई २०१२-को कुरा अहिले पनि याद छ। मेरो विचारमा त्यो टी२० या वनडे वर्ल्ड कप थियो अनि त्यस समय रोहित टीममा स्थान पक्का गर्ने प्रयासमा थिए। त्यस समय केही कुराहरूलाई लिएर उनको आलोचना पनि भएको थियो तर यस खेलाड़ीमा विशेष प्रतिभा रहेको मैले त्यही समय थाहा पाएको थिएँ। उनलाई केवल सही समयको आवश्यकता थियो। अष्ट्रेलिया जाँदा पनि उनले धेरै छक्का लगाएका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement