ट्रेविस हेडलाई एलन बोर्डर अनि एनाबेल सदरल्याण्डलाई बेलिण्डा क्लार्क मेडल

photocollage_20252412305823

मेलबर्न: स्टार ब्याटर ट्रेविस हेडलाई अष्ट्रेलियाई क्रिकेट पुरस्कारहरूमा शीर्ष अष्ट्रेलियाई पुरुष क्रिकेटरको रूपमा प्रतिष्ठित एलन बोर्डर मेडलको विजेता चयन गरियो जबकि युवा अलराउण्डर एनाबेल सदरल्याण्डले बेलिण्डा क्लार्क मेडल जितिन्। हेडले पुरस्कारको दौड़मा जोश हेजलवुड (१५८ भोट) र प्याट कमिन्स (१४७ भोट)-लाई पछि छोड़े। उनलाई १४२७ रनको निम्ति २०८ भोट प्राप्त भयो। पुरस्कार जितेपछि हेडले भने, मलाई त विश्वास नै भइरहेको छऐन। यो एउटा असल साल रह्यो। यसको खेलको निम्ति म फिट रहे अनि आफ्नो भूमिका निर्वाह गर्न सके। यसैकारण म खुशी छु। यसबाहेक सबै प्रारूपमा खेल्न सक्षम बनेर म आफूलाई भाग्यशाली ठान्छु। यो एउटा असाधारण उपलब्धि हो अनि म यसको आनन्द उठाउनेछु। अष्ट्रेलियाका ३१ वर्षीय हेडले वनडे प्लेयर अव् द ईयरको पुरस्कार पनि जिते। यसको साथमा टी२० र टेस्ट प्लेयर अव् द ईयर पुरस्कारहरूमा उनी दोस्रो स्थानमा रहे। हेडले ११ वटा वनडे म्याचमा पाँचवटा खेले पनि यस सम्मानलाई जिते। उनले ट्रेण्ट ब्रीजमा ईंग्ल्याण्डविरुद्ध अविजित १५४ रनको ईनिंग्स खेलेका थिए। सालका सर्वश्रेष्ठ वनडे खेलाड़ीको दौड़मा उनले एलेक्स केरी, स्टीव स्मिथ र जेवियर बार्टलेटलाई पछि छोड़े।
यसरी सदरल्याण्डको निम्ति यो पहिलो अष्ट्रेलियाई क्रिकेट पुरस्कार थियो, जुन एमसीजी-मा उनको पहिलो टेस्ट शतकको केही दिन पछि आयो। २३ वर्षीय अलराउण्डरले १२ महिनाको भोटिंगको अवधिको शुरुवातमा वाकामा दक्षिण अफ्रिकाविरुद्ध २१० रन बनाएकी थिइन्। सदरल्याण्डलाई १६८ भोट प्राप्त भयो। यसरी उनले एश्ले गार्डनर (१४३ भोट) र बेथ मूनी (११५ भोट)-लाई पछि छोड़ेर बेलिण्डा क्लार्क मेडल जितिन्। सदरल्याण्डले यस सम्मानलाई खास बताइन्। अष्ट्रेलियाका पेस बलर जोश हेजलवुडले पुरुष टेस्ट प्लेयर अव् द ईयर-को पुरस्कार जिते। यो उनको पहिलो अष्ट्रेलियाई क्रिकेट पुरस्कार थियो। हेजलवुडले वेष्ट इण्डिज, न्यूजील्याण्ड र भारतविरुद्ध टेस्ट म्याचहरूमा केवल १३.१६-को औसतले ३० विकेट लिएका थिए। भारतविरुद्ध बोर्डर गावस्कर ट्रफीको बक्सिंग डे टेस्ट म्याचमा १९ सालको उमेरमा असाधारण शुरुवात गर्ने युवा क्रिकेटर सेम कोन्स्टासलाई यंग क्रिकेटर अव् द ईयर चयन गरियो। कोन्स्टासले आफ्नो गत २ वटा टेस्ट म्याचमा ११३ रन बनाए, जसमा पदार्पण म्याचमा ६५ बलमा बनाएको ६० रनको यादगार ईनिंग्स पनि सामेल छ। एश्ले गार्डनरलाई उनले बनाएको ३८५ रनको निम्ति अष्ट्रेलियाई महिला क्रिकेटमा सालकी सर्वश्रेष्ठ वनडे खेलाड़ी चयन गरियो। यसरी ६१८ रन बनाउने बेथ मूनीले लगातार तेस्रो साल महिला टी२० प्रारूपमा सालकी सर्वश्रेष्ठ खेलाड़ीको पुरस्कार जितिन्। लेग स्पिनर एडम जाम्पाले २१ वटा टी२० म्याचमा ३५ विकेटको साथ हेडलाई पछि छोड़ेर पुरुष टी२० प्लेयर अव् द ईयरको पुरस्कार जिते। किडनी रोगबारे जागरुकता बढ़ाउने प्रयासहरूका निम्ति क्यामरुन ग्रीनलाई सामुदायिक प्रभाव पुरस्कारले सम्मानित गरियो। पुरस्कार समारोहमा माइकल क्लार्क, माइकल बेवन र क्रिस्टीना म्याथ्यूजलाई अष्ट्रेलियाई क्रिकेटको हल अव् फेम-मा सामेल गरियो। अन्य पुरस्कार विजेताहरूमा ब्यू वेबस्टर र जर्जियो वोल सामेल छन्, जसले सालका सर्वश्रेष्ठ पुरुष र महिला घरेलु खेलाड़ीको पुरस्कार जिते जबकि क्लो एन्सवर्थलाई सालका सर्वश्रेष्ठ घरेलु युवा क्रिकेटर चयन गरियो। ग्लेन म्याक्सवेल र क्लो एन्सवर्थलाई बीबीएल प्लेयर अव् टुर्नामेण्टको संयुक्त विजेता नामित गरियो। यसरी एलिसे पेरी र जेस जोनासेनले डब्ल्यूबीबीएल प्लेयर अव् द टुर्नामेण्टको पुरस्कार साझा गरिन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement