देहरादून: पञ्जाबकी भारोत्तोलक महक शर्माले ३८औं राष्ट्रिय खेलहरूमा असाधारण प्रदर्शन गर्दै स्वर्ण पदक जीतको अवधि आफ्नो ३ वटा राष्ट्रिय रेकर्डमा सुधार गरिन् जबकि यस खेलमा ४ वटा राष्ट्रिय रेकर्ड तोड़ियो। भारोत्तोलन प्रतियोगिताको अन्तिम दिन २९ वर्षीय महकले असाधारण प्रदर्शन गरिन्। महिलाहरूकी ८७ किग्राभन्दा अधिक वर्गमा चुनौती पेश गर्दै महकले स्न्याचमा १०६ किग्रा ओजन उठाएर १०५ किग्राको आफ्नै गत राष्ट्रिय रेकर्डलाई तोड़िन्। त्यसपछि उनले आफ्नो अन्तिम क्लीन एण्ड जर्क प्रयासमा १४१ किग्रा ओजन उठाउनको साथै १४० किग्राको आफ्नो राष्ट्रिय रेकर्डमा सुधार गरिन्। महकले स्पर्धामा जम्मा २४७ किग्रा ओजन उठाइन्, जुन उनको गत राष्ट्रिय रेकर्ड २४४ किग्राभन्दा ३ किग्रा अधिक हो। उनले आफ्नो प्रतिद्वन्द्वीहरूलाई ठूलो अन्तरले पराजित गरी स्वर्ण पदक जितिन्। उत्तर प्रदेशकी पूर्णिमा पाण्डेले जम्मा २१६ किग्रा ओजन उठाएर रजत जितिन्। यसरी काँस्य पदक जित्ने कर्नाटककी सत्या ज्योतिले जम्मा २०१ किग्रा ओजन उठाइन्।
महकले स्वर्ण पदक जितेपछि भनिन्, मलाई यस परिणाममाथि पूरा भरोसा थियो कारण मैले कठोर अभ्यास गरेकी थिएँ तर आफ्नो तीनवटा रेकर्ड तोड़्ने चाहिँ सोचेकी थिइनँ। अहिले रेकर्ड तोड़्नको साथै स्वर्ण पदक जितेर म खुशी छु। म यस उपलब्धिको निम्ति आफ्ना प्रशिक्षक र आफ्नो परिवारलाई धन्यवाद दिन चाहन्छु। प्रशिक्षकको सहायता बिना यस खेलमा केही हासिल गर्न सकिँदैन। महकले ४ महिनाभन्दा कम्ती समय अघि हिमाचल प्रदेशमा राष्ट्रिय च्याम्पियनशीपको अवधि आफ्नो गत तीनवटा राष्ट्रिय रेकर्ड बनाएकी थिइन्। राष्ट्रिय खेलहरूमा पदक प्रतियोगीहरूले उठाएको जम्मा ओजनको आधारमा दिइन्छ। यसरी पुरुषहरूका १०९ किग्राभन्दा अधिक श्रेणीमा तमिलनाडुका एस मुद्रमयनले अझ एउटा राष्ट्रिय रेकर्ड तोड़े। उनले स्न्याचमा १७५ किग्रा ओजन उठाए, जुन रेलवेका गुरदीप सिंहको १७२ किग्राको राष्ट्रिय रेकर्डभन्दा असल थियो। रुद्रमयनले क्लीन एण्ड जर्कमा चाहिँ १८० किग्रा मात्र ओजन उठाउन सके। उनले जम्मा ३५५ किग्रा ओजन उठाएर रजत पदक जिते। यस स्पर्धामा सेनाका लवप्रीत सिंहले स्वर्ण पदक जिते। उनले स्न्याचमा १६५ र क्लीन एण्ड जर्कमा २०२ किग्रासहित जम्मा ३६७ किग्रा ओजन उठाए। उत्तराखण्डका विवेक पाण्डेले जम्मा २८० किग्रा ओजन उठाएर काँस्य पदक जिते।










