मोटरसाइकल र ट्रक ठोक्किदा एकजनाको मृत्यु

IMG-20241116-WA0021

गान्तोक: नाम्ची जिल्लाको तिनिक चिसोपानी जीपीयूमा आइतवार बिहान सड़क दुर्घटनामा परेर एक व्यक्तिको मृत्यु भएको छ। मृतकको नाम प्रशान्त शर्मा बताइएको छ।
पुलिस रिपोर्ट अनुसार, प्रशान्त शर्मा मोटरसाइकलमा नाम्चीबाट जोरथाङ गइरहेका थिए। तिनिक चिसोपानी जीपीयू अन्तर्गत आरएमसी शेड छेउ ५ माइलमा मोटरसाइकल र विपरित दिशाबाट आइरहेको एउटा ट्रक ठोक्कियो। ट्रक चालकको नाम पूर्ण बहादुर रहेको जान्नमा आएको छ।दुर्घटनापछि गम्भीर रूपमा घाइते प्रशान्त शर्मालाई नाम्ची जिल्ला अस्पताल पुऱ्याइयो, जहॉं चिकित्सकहरूले उनलाई मृत घोषित गरिदिए। मूलरूपमा असम निवासी ३३ वर्षीय आरोपी चालकलाई पक्राउ गरिएको छ। आरोपी विरुद्ध बीएनएस २०२३ को धारा २८१/१०६ अन्तर्गत मामिला दर्ता गरेर कानुनी कारबाही शुरू गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement