ईटानगर(अरूणाचल प्रदेश): अरूणाचल प्रदेशको मन्त्री बालो राजाले इटानगरका विधायक तेची कासोको उपस्थितिमा आज ४६ वटा स्वच्छता वाहनहरूलाई हरियो झण्डी देखाइयो।
यस कार्यक्रममा राज्य सरकारको निरन्तर समर्थनबाट स्वच्छ भारत कोष (एसबीके) अन्तर्गत खरिद गरिेका १८ वटा अशोक लील्याण्ड टिपर अनि ५ वटा ट्रक, १० वटा ट्र्याक्टर अनि १८ वटा अशोक लील्याण्डलाई हरियो झण्डा देखाइयो।
यी वाहनहरूलाई नगरपालिका मैला सग्रहण विशेष गरी राज्यभरिका शहरी क्षेत्रहरूको आवश्यकतालाई पूरा गर्नको लागि डिजाइन गरिएको छ।सफाई अभियानमा यी वाहनहरूलाई सामेल गरिएपछि अपशिष्ट संग्रहण अनि समाधान तन्त्रमा उल्लेखनीय सुधार हुने आशा छ जुन स्वच्छ भारत मिशनको स्वच्छ औ स्वस्थ शहरी वातावरण प्राप्त गर्ने दृष्टिकोम अऩुरूप छ। वाहनहरूलाई कुशल मैला संग्रहण अनि प्रबन्धनको लागि तयार गरिएको छ जसबाट यो सुनिश्चित हुन्छ कि शहरी स्थानीय निकायहरूलाई उन्नत मैला प्रबन्धनसेवाहरूबाट लाभ प्राप्त हुनेछ।यस अवसरमा बोल्दै मन्त्री बालो राजाले शहरी नगरहरूलाई स्वच्छ अनि अधिक टिकाभ बनाउने प्रतिबद्धताको लागि शहरी स्थानीय निकाय निदेशालय अनि शहरी विकासको सहयोगात्मक प्रयासहरूको सराहना गरे अनि उनीहरूलाई यसरी नै भविष्यमा पनि जारी राख्नको लागि प्रेरित गरे।









