गान्तोक: मानव उत्थान सेवा समिति उत्तर पूर्वाञ्चल क्षेत्रको आयोजनामा गत ३१ दिसम्बर र १ जनवरी २०२५ मा सम्पन्न सद्भा वना सम्मेलनको समीक्षा सभा हिजो सालुगडा उत्तर पलास स्थित मानव धर्म मन्दिरमा भयो। समितिका क्षेत्रिय अध्यक्ष महात्मा दीपिका बाईजीको अध्यक्षतामा सम्पन्न भएको बैठकमा अध्यक्षीय सम्बोधन गर्दै माउसेसका कार्यकर्ता, प्रेमी भक्त समाज, मानव सेवा दलका सम्पूर्ण कार्यकर्त्ताहरूको सेवा निष्ठा र भक्तिले कार्यक्रम विगत बर्षहरूभन्दा भव्य रुपले सम्पन्न हुनसकेको बताए। श्रीगुरुमहाराजजीको आशीर्वादसंगै क्षेत्रका अधिकांश सन्त महात्मागण, कार्यकर्तागण, मानव सेवा दलका वरिष्ठ अधिकारीगणको उल्लेखनीय भूमिका रहेको उल्लेख गरे। सद्भाावना सम्मेलनका ७० भन्दा अधिक विभागीय अधिकारीहरूको उपस्थितिमा विभिन्न विभागीय अधिकारीहरूको सक्रियता सराहनीय रहेको बताएका छन्। सभाले विभिन्न प्रस्तावहरू ग्रहण गरेको छ। जसमा अध्यक्ष महात्मा दीपिका बाईजीका साथमा वरिष्ठ कार्यकर्त्ताहरूले दार्जीलिङ सिक्किम र डुवर्सका विभिन्न मण्डलको आगामी ८ फरवरीदेखि भ्रमण गर्ने कार्यकर्ताहरूको प्रशिक्षण शिविर गर्ने, यसवर्ष भण्डारा कक्षको स्थायी निर्माण गर्ने आदि योजनाहरू सामेल रहेका छन्। उत्तर पूर्वाञ्चल क्षेत्रभरि सद्गुषरुदेव श्री सतपालजी महाराजको सन्देशलाई व्यापकरुपमा सद्भाछवना र शान्ति फैलाउनमा सक्रिय कार्य गर्ने संकल्प आजको समीक्षा सभामा गरियो। चन्दन लकान्द्रीले संचालन गरेको सभामा उपस्थित सदस्यहरूद्वारा भर्खरै दिवंगत भएका समितिका सक्रिय कार्यकर्ताहरूको आत्मा शान्तिको कामना गर्दै मौन धारणपनि गरिएको थियो।