राजभवनमा विभागीय प्रमुखहरुको उच्चस्तरीय बैठक

IMG-20250203-WA0350

गान्तोक: सिक्किमका राज्यपाल ओमप्रकाश माथुरको निर्देशनमा राज्यपालका आयुक्त तथा सचिव जितेन्द्र सिंह राजेले आज राजभवनमा एक उच्चस्तरीय बैठक होलाए। सिक्किमको ५० औं राज्य स्थापना दिवस उत्सव आयोजनलाई लिएर सम्पन्न बैठकमा सरकारका विभिन्न विभागीय प्रमुखहरुको सहभागिता थियो। बैठकको क्रममा, आयुक्त तथा सचिव राजेले राजभवन परिसरमा चलिरहेका परियोजनाहरू पूरा गर्ने महत्त्वमा जोड दिँदै सबै सम्बन्धित विभागहरूलाई सहयोग गर्दै यसमाथि ध्यान केन्द्रित गर्ने आह्वान गरे। बैठकमा संस्कृति विभाग, वन तथा पर्यावरण विभाग, बागवानी विभाग र भवन तथा आवास विभागका अधिकारीहरू उपस्थित थिए। बैठक सिक्किमको इतिहासमा यो महत्त्वपूर्ण उत्सवका लागि तोकिएका परियोजनाहरू समयमै सम्पन्न सुनिश्चित गर्न सबै विभागहरूलाई आग्रह गरियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement