गान्तोक: मानव उत्थान सेवा समिति उत्तर पूर्वाञ्चल क्षेत्रको सक्रियतामा आयोजित हंस ब्याण्डको २२ दिनव्यापी शीतकालिन शिविर समाप्त भयो। सालुगडाको उत्तर पलासस्थित मानव धर्म मन्दिरमा समापन भएको हो। शिविरमा १० बर्षदेखि १४ बर्षका नानीहरूले भाग लिएका थिए। शिविरमा नानीहरूलाई व्याण्डको प्रशिक्षण मात्र नभएर शारीरिक व्यायाम, चरित्र विकाशको साधना र ईश्वरको ध्यान सुमिरण, पूजा आरती आदिको पनि अभ्यास गराइएको थियो । माउसेस उत्तर पूर्बाञ्चल क्षेत्र सेवा दलका विभिन्न मण्डलका चारजना अधिकारीहरूले पालैपालो यो शिविर सञ्चालन गरेका थिए। सिद्धार्थ गुरुङले नानीहरूलाई व्याण्ड सम्बन्धी प्रशिक्षण गराएका थिए। अबउसो पहाडमा स्कूलहरू खोलिने हुनाले केहीदिन पछिदेखि प्रत्येक शनिबार र आइतबार यस प्रकारको प्रशिक्षण निरन्तर राख्ने जानकारी दिंदै हंस व्याण्डले प्रत्येक वर्ष सद्भािवना सम्मेललनमा आफ्नो प्रस्तुती दिने गरेको अनि यसको स्थापना २०१० सालमा भएको बताएका छन्। कार्यक्रममा माउसेस उत्तर पूर्वाञ्चल क्षेत्रका अध्यक्ष महात्मा दीपिका बाईजी साथै प्रशिक्षार्थी नानीहरूका अभिभावकहरूको उपस्थिति रहेको थियो। यो शिविरलाई सुचारु रुपले संचालन गर्नको निम्ति महात्मा दीपिका बाईजीको विशेष योगदान रहेको थियो अनि सालुगाडा हंस व्याण्डले पनि सहयोग पुऱ्याएका थिए।