केसीपी (पीडब्ल्यूजी) क्याडर मणिपुरमा पक्राउ

high

इम्फाल(मणिपुर): मणिपुर पुलिसले एक व्यक्तिलाई पक्राउ गर्नुका साथै विस्फोटक र मादक सामग्रीहरू जफत गरेको छ। गए राति पुलिस टीमले केसीपी (पीडब्ल्यूजी) का एक सक्रिय सदस्य लाइहाओथाबम नानाओ शर्मा उर्फ पुरेम्बा (२९) लाई इम्फाल वेस्ट जिल्लाको लमफेल सुपर मार्केटबाट पक्राउ गऱ्यो।पक्रा परेका व्यक्तिमाथि इम्फाल क्षेत्रमा जनसाधारण, सरकारी अधिकारी र दुकानेहरूबाट जबरजस्ती पैसा उठाउने गरेको आरोप छ। आरोपीबाट एउटा मोबाइल फोन र एउटा सीम कार्ड पनि जफत गरिएको छ।अर्कोतिर, चुराचान्दपुर जिल्लाको चुराचान्दपुर थाना क्षेत्रको माताजंग गाउॅं र छेउछाउका क्षेत्रहरूमा खोजी अभियान चलाएर एउटा खाली इन्सास म्यागजिन, दुईवटा जिउॅंदो कारतूस र एउटा राइफलको खाली गोली बरामद गरिएको छ। यस अतिरिक्त, मणिपुर पुलिसले शुरू गरेको निवारक उपायहरू अन्तर्गत इम्फाल ईस्ट जिल्लाको हेंगांग थाना क्षेत्रको पंगेई बजारबाट ४१.५ लिटर डीआईसी मदिरा र ३९ बोतल व्हिस्की जफत गरेको छ।

About Author

Advertisement