लिम्बू तामाङ सीट आरक्षणबारे एसकेएम परामर्श समिति र एलटीभीसीबीच बैठक

IMG-20220904-WA0193.jpg

गान्तोक: सिक्किम विधानसभामा लिम्बू-तामाङको आसन आरक्षण विषयको निम्ति गठित एसकेएम पार्टी स्तरीय परामर्श समितिद्वारा लिम्बू-तामाङ स्वयंसेवी समिति (एलटीभीसी)-लाई गत ३० अगस्तको दिन पठाइएको निमन्त्रणाको आधारमा आज यहाँको डीपीएचस्थित याकथुङ हिममा समितिसँग एलटीभीसीका प्रतिनिधिहरूले बैठक गरे।

आजको बैठकमा लिम्बू-तामाङ स्वयंसेवी समितिले एसकेएम पार्टी स्तरीय परामर्श समितिका अध्यक्ष एवं लोकसभा सांसद इन्द्रहाङ सुब्बालाई सूत्रसँगै विधानसभामा लिम्बू-तामाङको आसन आरक्षणको निम्ति विचार साथै सुझाउको रूपमा २२ सूत्रीय ज्ञापन बुझाएको छ।

एलटीभीसीले एसकेएम पार्टी अनि लिम्बू तामाङ आसन आरक्षण समितिप्रति यसबारे ईमान्दारितापूर्वक कार्य गरेर लैजानुपर्ने अनुरोध गऱ्यो। पञ्चायत चुनाउभन्दा अघि जतिसक्दो चाँड़ो सिक्किम विधानसभाबाट लिम्बू तामाङ आसन आरक्षणको निम्ति पहल गर्दै यसबारे फर्मूला सार्वजनिक गर्नुपर्ने उनीहरूले अनुरोध गरेका छन्। एलटीभीसी वर्तमान ३२ सीटबाट आसन आरक्षणको मागमा उभिएको थियो र समितिलाई त्यसलाई समर्थन गर्ने सबै वैध कागजातहरू उपलब्ध गराएको थियो। सिट बढाउने हो भने एलटी सिट आरक्षण समानुपातिक रूपमा बढ़ाउन पनि टोलीले माग गरेको छ।

बैठकमा एसकेएम पार्टीस्तरीय परामर्श समितिका अध्यक्ष एवं लोकसभा सांसद इन्द्रहाङ सुब्बाले लिम्बू-तामाङ आसन आरक्षणबारे वर्तमान सरकारले हरसम्भव पहल गरिरहेको जानकारी गराए।

About Author

Advertisement