चुङथुङ चियाबारी अवैध जमीन कब्जा गर्ने कमानको गाछ उखेल्ने विरुद्ध दोस्रो परिभ्रमण

IMG-20250203-WA0276

दार्जिलिङ: लगभग १६ महिनादेखि बन्द रहेको चुङथुङ चियाबगानमा केही स्वार्थी तत्वहरूले बगानको जमीन अवैध रूपमा कब्जा गरेको भन्दै त्यसको विरुद्ध विगत केही दिनदेखि निरन्तर रुपमा कमान परिभ्रमण गर्ने कार्य गरिरहेको छ, जसमा आज दोस्रो परिभ्रमण कार्य गरियो। सभासद सन्दीप क्षेत्री एवम् चुङथुङ ग्राम पञ्चायत प्रधान अनिता तामाङको विशेष पहलमा भइरहेको कार्यक्रममा दार्जिलिङ पुलबजार खण्ड समितिका कर्माध्यक्ष अरुण क्षेत्री, वार्ड सदस्य, सुन्दर राई, विशाल दर्णाल, कृष्टि सुब्बा, समिति सदस्य मण्डपरी थापा, श्रमीक संगठन नेत्रित्व विनय सुब्बा, प्रलाद क्षेत्री, सविन विश्व, चुङथुङ चियाबारीका मुन्सी रबिन थापा, देनाथ राई चुङथुङका सब स्टाफ बालकिसन तामाङ, प्रणय तामाङ, नबिन सुब्बा, दर्पण राई, निर्मल गुरुङ आदि उपस्थित थिए। आज जतिले पनि गाँछ उखेल्नेहरु विरुद्ध चुङथुङ बचाउ समितिको पक्षबाट कठोर कारवाही गरिने चेतावनी दिए, अप्पर अनि मिडल डिभिजन परिभ्रमण पछ्यात लोवर डिभिजन परिभ्रमण गरिने अनि जहाँ जहाँ पनि अवैधरूपमा जमीन कब्जा गरिएको छ उनीहरु विरुद्ध कठोर कारवाही गरिने जानकारी दिए।

About Author

Advertisement