मङ्पूको ७४ धुरा आदर्श ग्राममा सार्वजनिक भवनको शिलान्यास

IMG-20250203-WA0273

मङ्पु: मङ्पू लाब्दा समष्टि अन्तर्गत ७४ धुरा, आदर्श ग्राममा आज सार्वजनिक भवनको शिलान्यास गरियो। मङपू लाब्दा समष्टि सभासद रतन कुमार थापाको उपस्थितिमा उक्त सार्वजनिक भवनको शिलान्यास गरियो। उक्त शिलान्यास कार्यक्रममा सभासद रतन कुमार थापा, दार्जीलिङ महकुमा क्षेत्रका जीटीएको जन सम्पर्क अधिकारी एवं मङ्पू लाब्दा समष्टिका महासचिव विज्ञान मिश्र, तकदाह इञ्जिनियरिङ विभागका मुख्य अभियन्ता स्वर्णिम थापा, शंकर कन्सट्रक्सनका प्रमुख शंकर छेत्री तथा अन्य विशिष्ट व्यक्तित्वहरू उपस्थित रहेका थिए।

मङ्पू आदर्श परिवारका मुख्य संयोजक जयकुमार थापाको अध्यक्षतामा आयोजित उक्त शिलान्यास कार्यक्रमलाई मङपू आदर्श परिवारका सचिव सौगन्ध राई अनि सभासद रतन कुमार थापाले सम्बोधन गरेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement