भूतपूर्व सैनिकहरुद्वारा आयोजित नगदराशि फुटबल टुर्नामेन्टमा यंग बोइस खरसाङ बिजयी

IMG-20250203-WA0271

सोनादा: भूतपूर्व सैनिक वेलफेयर एसोसिएशन पचेङ शाखाको रजत वर्ष अर्थात् २५ वर्ष पुगेको अवसरमा गत १९ जनवरीदेखि निम्न सोनादा पचेङको दुबे खेल मैदानमा सिल्भर जुबली नक आउट फुटबल टुर्नामेन्टमा यंग बोइस खरसाङ बिजय बनेको छ। यस फुटबल टुर्नामेन्ट अन्तर्गत नाली चउर र यंग बोइस खरसाङमाझ खेल सम्पन्न भएको थियो। यस खेलमा यंग बोइस खरसाङले नाली चउरलाई ४-० को अन्तरले जितेर दोस्रो चरणमा‌ प्रवेश गरेको छ। यस खेलमा‌ अतिथिको रुपमा समाजसेवी जितमान सुब्बा लगायत अन्यहरु उपस्थित रहेका थिए। यस खेलमा म्यान अफ् द म्याच यंग बोइस खरसाङको साहिल तामाङ चयन भएका छन्।‌ यस फुटबल टुर्नामेन्ट‌मा दार्जीलिङ, खरसाङ, सिलगढी क्षेत्रबाट २० वटा टिमहरुले सहभागिता जनाएका छन्।

यस फुटबल टुर्नामेन्टको विजेतालाई ट्रफीससहित डेढ लाख रुपियाँ र उप विजेतालाई ट्रफीससहित एक लाख रुपियाँ प्रदान गरिनेछ भनी भूतपूर्व सैनिक कल्याण वेलफेयर एसोसिएसन पचेङ शाखाको सभापति अननेरी कप्तान एलबी राईले जानकारी गराएका छन्‌‌।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement