घुम्ती चियाबारीको माथिल्लो गाउँमा समाज घरको उदघाटन

IMG-20250203-WA0270

तीनधारे: तीनधारे महानदी समष्टि अन्तर्गत घुम्ती चियाबारीको माथिल्लो गाउँमा समाजका सम्पूर्ण सदस्याहरुका प्रयासमा समाज घरको उदघाटन गरिएको छ। घुम्ती चियाबारीको माथिल्लो गाउँमा रहेको सिरान गाउँ मिलन समितिको समाज घर उदघाटन गरिएको छ। उक्त समाज घरको उदघाटन पण्डित विकास ब्राह्मणको मन्त्रोच्चारणसहित समाजको सचिव दिपेन प्रधानको बाहुलीबाट पूजा अर्चना, जमीनदाता रुपेस प्रधानको बाहुलीबाट नरियल फुटाएर साथै समाजको सभापति सीके प्रधानको बाहुलीबाट रिबन काटेर उदघाटन गरिएको छ। उक्त समाज घरको उदघाटन कार्यक्रममा सिरान गाउँ मिलन समितिको सदस्यहरु उपस्थित रहेका थिए भनी समाजसेवी सूर्य नारायण प्रधानले जानकारी गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement