क्षेत्रवासीको तर्फबाट स्मृति चिह्न प्रदान गरेर सम्मान प्रदान

IMG-20250203-WA0267

खरसाङ: २८ नम्बर खरसाङ चिमनी देवराली समष्टिको चिमनी देउराली ग्राम पञ्चायत सदस्य दिपेश थापा अनि कोशेली स्वनिर्भर दलका सदस्याहरुद्वारा अवकाशप्राप्त किरण राणा बाघगौडा फरेस्ट रेञ्जर अफिसरलाई सम्पूर्ण क्षेत्रवासीको तर्फबाट स्मृति चिह्न प्रदान गरेर सम्मान गरियो। यस अवसरमा पञ्चायत सदस्य दिपेश थापाले भने, म समान लिने सदस्य होइन समान दिने सदस्य हूँ अनि यो मेरो संस्कार हो। यो संस्कार कार्यले हाम्रो नैतिक अनि शिक्षित कर्तव्य पनि बुझिन्छ।’
उनले अघि भने ‘वर्तमान ग्रामीण क्षेत्रमा यो सम्मान जनाउने प्रथा हामीले फर्काई ल्याउनु सफल भएका छौं। किरण राणाले वर्तमान समाजमा समस्त बाघगौडा रेन्जमा पर्ने स्थानमा अमूल्य योगदान दिएका छन्। उनी जस्तो व्यक्ति हामीसँग हुनु हाम्रो निम्ति गर्व को विषय हो।कार्यक्रममा फरेस्ट कर्मचारी नरेश गुरुङ अनि अन्यहरु उपस्थित थिए भनी चिम्नी क्षेत्रबाट सुमन थापा, पवित्र तामाङ अनि लुकी थापाले जानकारी गराएका छन्‌‌।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement