वरिष्ठ साहित्यकार डा. जस योञ्जन ‘प्यासी’लाई पूर्वी नेपालको चन्द्रगढीमा श्रीप्रसाद ओली स्मृति साहित्यिक पुरस्कार प्रदान

IMG-20250203-WA0265

खरसाङ: नेपाली साहित्यको वरिष्ठ साहित्यकार डा जस योञ्जन ‘प्यासी’ लाई पूर्वी नेपालको चन्द्रगढीमा विशिष्ट साहित्यकारहरुलाई प्रदान गरिने श्रीप्रसाद ओली स्मृति साहित्यिक पुरस्कार प्रदान गरिएको छ। पूर्वी नेपाल अन्तर्गत झापाको चन्द्रगढीस्थित लेखनाथ पुस्तकालयबाट नेपाली साहित्यमा दीर्घ समयदेखि निरन्तर सेवा पुराउँदै आईरहेका साहित्य साधक गीतकार समालोचक एंव वरिष्ठ साहित्यकार डा जस योञ्जन “प्यासी” लाई श्रीप्रसाद ओली स्मृति साहित्य पुरस्कार प्रदान गरिएको छ।‌ उक्त पुरस्कार समाजसेवी, भाषा, साहित्य, संगीत, कला, शिक्षालाई संरक्षण अनि सम्वर्ध्दन गर्ने साथै समाजको लागि चिन्तन गर्ने व्यक्तित्व प्रसाद ओलीको नाममा उनकै विचारलाई समर्थन गर्दै स्थापना गरिएको पुरस्कार रहेको छ। डा. जस योञ्जन ‘प्यासी’ अघि असमकी इन्दु प्रभादेवी र सुकराज दियालीलाई यो पुरस्कार प्रदान गरिएको जानकारी प्राप्त भएको छ। लेखनाथ पुस्थकालयका कार्यकारी अध्यक्ष कवि खगेन्द्र खुसीको अध्यक्षता अनि प्रा. डा. बद्री विशाल पोख्रेलको प्रमुख आतिथ्यमा सम्पन्न भएको समारोहमा गीतकार तथा समालोचक डा. प्यासीलाई खदार्पणसहित माला, शिर शोभा, अङ्ग वस्त्र ओढाएर सम्मान पत्र लगायत श्रीप्रसाद ओलीको परिवारबाट प्रायोजन गरिएको नगद राशि नेपाली रुपियाँ ५१,१०१ (एकाउन्न हजार एक सय एक) पनि प्रदान गरिएको छ। उक्त समारोहमा विशिष्ट अतिथिको रुपमा सञ्चारकर्मी चन्द्र भण्डारी, साहित्य चौतारी विर्तामोडका अध्यक्ष देवीभक्त श्रेष्ठ लगायत भद्रपुर नगरपालिकाका मेयर, उप मेयर विशिष्ट अतिथिको रुपमा उपस्थित थिए भने मिरिक निवासी “दार्जीलिङ जर्लन” का प्रधान सम्पादक देवीलाल प्रधान, दार्जीलिङबाट पुष्प राई, पुरस्कृत श्रष्टा डा. जस योञेजन ” प्यासी”की पत्नी रुपा योञ्जन, पनि अतिथिको रुपमा उपस्थित थिए भने झापा जिल्लाभरिका विभिन्न संघ- संस्थाका प्रतिनिधिहरु पनि अतिथिको रुपमा उपस्थित थिए। समारोहमा गीतकार डा. ‘प्यासी’को साहित्यिक संक्षिप्त परिचय र प्यासीले पुर्याएका साहित्यिक योगदानमाथि वरिष्ठ सञ्चारकर्मी चन्द्र भण्डारीले राखेका थिए। समारोहमा श्रीप्रसाद ओलीको परिवारबाट पनि डा. जस योञ्जन “प्यासी” लाई शुभकामना जनाएका थिए। समारोहमा प्रमुख अतिथि प्रा. डा. बद्री विशाल पोख्रलले पनि प्यासीको साहित्यिक योगदानमाथि प्रशंसा गरे भने डा. जस योञ्जन “प्यासी” ले पनि आफ्नो सम्बोधनमा नेपालका धेरैजना गीतकारहरुलाई प्रसंगमा जोडे अनि भद्रपुर निवासी पुराना पत्रकार नकुल काजी र उनका भाई मोहन सिटौलासित दार्जीलिङमा विद्यार्थी छँदा बिताएका क्षणहरुको सम्झना गरे।

डा. प्यासीले यस पुरस्कारको निम्ति चयन समितिले आफ्नो नाम आयोजक समितिलाई पुरस्कारको हकदारको निम्ति दिएकोमा कृतज्ञता प्रकट गरे भने श्रीप्रसाद ओलीका सपरिवार र लेखनाथ पुस्तकालयप्रति आभार व्यक्त गरे। वरिष्ठ साहित्यकार डा जस योञ्जन ‘प्यासी’ ले आफ्नो सम्बोधनमा गीत लेखन विषयमा बोल्दै आफ्नो गीत ‘बोलाऊ भने तिम्रो बात लाग्ने डर’ नामक गीतबारेमा चर्चा गरेका थिए।उनले गीत लेखनमस भारतीय गीतकारहरुको नाम लिन्दै नेपालका गीतकारहरुको पनि नाम उल्लेख गरेका थिए। उनले गीत लेखन र कविता लेखनमा पाइने विभिन्न विषयमा पनि चर्चा गरेका थिए। यस अवसरमा डा जस योञ्जन ‘प्यासी’ ले गीतकारहरुले संगीतलाई माथि उठाउने कार्य गरिने बताउँदै गोपाल योञ्जन गीत लेखन, गायन र संगीत तीनै विधामा पोख्त थिए उनलाई व्यग्येयकार भनिएको जानकारी पनि गराएका छन्। उनले अम्बर गुरुङ र गोपाल योञ्जन तीनै विधामा पोख्त रहेका थिए भनी बताएका छन्।‌ डा. प्यासीले पूर्वी नेपालको चन्द्रगढीमा पनि नेपालको राजधानी काठमाडौंसम्मकै स्तरमा लगिएको भन्दै आयोजकको यस्तै आयोजना सफल बनिरहेको होस् र धेरै सक्रिय स्रष्टाहरुको यसरी नै मूल्याङ्कन भएको होस् भनी शुभकामना पनि दिएका छन्। उनले ओलीप्रसाद साहित्यिक पुरस्कारको लागि आभार प्रकट गरेका छन्।‌ समारोहमा गीतकार डा.जस योञ्जन “प्यासी” का नयाँ कृति “आखेको आशिष” गीत संग्रहको पनि सञ्चारकर्मी चन्द्र भण्डारीले लोकार्पण गरेका थिए। अन्तमा समारोह अध्यक्ष लेखनाथ पुस्तकालयका कार्यकारी अध्यक्ष कवि खगेन्द्र खुसीले आफ्नो अध्यक्षीय सम्वोधनमा राखेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement