मुम्बई: भारतीय क्रिकेट कण्ट्रोल बोर्ड (बीसीसीआई)-ले आईसीसी महिला अण्डर-१९ वर्ल्ड कपको खिताब जित्ने भारतीय महिला टीमलाई ५ करोड़ रुपियाँको नगद पुरस्कार दिने घोषणा गऱ्यो। बीसीसीआई-ले टुर्नामेण्टमा भारतीय टीमको असाधारण प्रदर्शनको निम्ति यो पुरस्कार दिइने घोषणा गरेको छ। यसको साथमा बोर्डले टीमकी प्रमुख नूशिन अल शादीर र अन्य सहयोगी स्टाफहरूको पनि सराहना गरेको छ। बीसीसीआई अध्यक्ष रोजर बिन्नीले भने, अण्डर-१९ वर्ल्ड कपको खिताब कायम राखेकोमा हाम्रो बालिकाहरूलाई बधाई। टीमको अजेय अभियानले भारतमा महिला क्रिकेटको विकासलाई दर्शाउँछ। यो ट्रफी हामी सबैको निम्ति गर्वको क्षण हो। यस अवसरमा बीसीसीआई-का मानद सचिव देवजीत सैकियाले भने, यस जीतले टीमको समर्पण, दृढ़ता र कौशलाई दर्शाउँछ। यसले भारतको जमीनी स्तरको क्रिकेटको ताकत र देशमा महिला क्रिकेटको उज्ज्वल भविष्यले उजागर गर्दछ। बीसीसीआई-का उपाध्यक्ष राजीव शुक्लाले भने, लगातार वर्ल्ड कप जित्नु अनुशासन र दृढ़ताको प्रमाण हो। यस जीतले भारतकी युवा खेलाड़ीहरूकी आउँदो पीढ़ीलाई ठूलो सपना देख्नको निम्ति प्रेरित गर्नेछ। उल्लेखनीय छ, निकी प्रसादको कप्तानीमा रहने भारतीय टीमले पूरा टुर्नामेण्टमा अजेय रहँदै फाइनलमा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गरी खिताब जित्यो।