अमेरिकाको लस एन्जलस शहरमा ६७औं ग्रामी अवार्डको घोषणा हुँदैछ। यस समारोहमा कुल ९४ वटा अवार्ड प्रदान गरिने छ। भारतीय मूलकी अमेरिकी सङ्गीतकार चन्द्रिका टन्डनको एल्बम त्रिवेणीले बेस्ट न्यू एज एल्बम च्यान्ट विधामा ग्रामी अवार्ड प्राप्त गरेको छ। उनी बाहेक सितारवादक पण्डित रविशंकरकी छोरी अनुष्का शंकरले पनि ग्रामीमा मनोनयन पाएकी छिन्। रेकर्ड अफ् द इयर केन्ड्रिक लामरलाई, सङ अफ द् इयर केन्ड्रिक लामरको नट लाईक असलाई, एल्बम अफ् द इयर बियोन्सेको काउब्वाय कार्टरलाई, उत्कृष्ट र्याप प्रदर्शन केन्ड्रिक लामरको नट लाईक असलाई, सर्वोत्कृष्ट र्याप गीत केन्ड्रिक लामरको नट लाइक असलाई, सर्वश्रेष्ठ ल्याटिन पप एल्बम शकिरालाई, उत्कृष्ट पप डुओ/समूह प्रदर्शन लेडी गागा र ब्रुनो मार्सलाई र उत्कृष्ट नयाँ कलाकार चैपल रोनलाई प्रदान गरिँदैछ।











