अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली संघमा ‘छिट्टै’ कर लगाउने बताएका छन्। उनले भनेका छन्, ‘युरोपियन युनियनले अमेरिकाको फाइदा उठाएको छ।’ राष्ट्रपति ट्रम्पले भने, ‘उनीहरूले हाम्रा कारहरू लिँदैनन्, हाम्रा कृषि उत्पादनहरू किन्दैनन्, तिनीहरूले हामीबाट लगभग केही पनि लिँदैनन्। हामी तिनीहरूबाट लाखौं कारहरूदेखि लिएर ठूलो परिमाणमा खाद्यान्न र कृषि उत्पादनहरू लिन्छौं।’ युरोपेली संघमा कर लगाउने समयसीमाबारे अन्तर्राष्ट्रिय सञ्चारमाध्यमलाई ट्रम्पले यो समयसीमा छ भनेर आफूले भन्न नसक्ने तर छिट्टै लगाइने बताएका छन्। राष्ट्रपति ट्रम्पले भने, ‘विश्वका प्राय: सबै देशले अमेरिकालाई धोका दिएका छन्। हामी लगभग हरेक देशसँग घाटामा छौं र हामीले यसलाई परिवर्तन गर्नुपर्छ। यो ठीक होइन।”