मुम्बई: भारतले युवा ओपनिंग ब्याटर अभिषेक शर्माको आक्रामक शतकको सहायताले पाँचौं तथा अन्तिम टी२० इण्टरनेशनल क्रिकेट म्याचमा ईंग्ल्याण्डलाई १५० रनको ठूलो अन्तरले पराजित गऱ्यो। यस जीतको साथै भारतले ५ वटा टी२० म्याचको सीरीज पनि ४-१-ले जित्यो। वानखेड़े स्टेडियममा आइतवार राति खेलिएको म्याचमा युवा ओपनर अभिषेकले एकाधिक रेकर्ड तोड़े। म्याचमा उनले १३५ रन बनाए, जुन टी२० इण्टरनेशनलमा भारतको तर्फबाट कुनै पनि ब्याटरको सर्वाधिक स्कोर हो। उनले शुभमन गिलको रेकर्ड तोड़े, जसले २०२३-मा न्यूजील्याण्डविरुद्ध अविजित १२६ रन बनाएका थिए। यसरी अभिषेकको १३५ रन समग्रमा ईंग्ल्याण्डविरुद्ध टी२०आई-मा दोस्रो सर्वाधिक व्यक्तिगत स्कोर हो। यस सूचीमा अष्ट्रेलियाका आरोन फिञ्च (१५६ रन, २०१३) शीर्ष स्थानमा छन्। अभिषेकले आफ्नो शतकीय ईनिंग्समा जम्मा १३ वटा छक्का लगाए। यसको साथै उनी भारतको निम्ति कुनै टी२०आई म्याचमा सर्वाधिक छक्का लगाउने ब्याटर बने। उनले पूर्व कप्तान रोहित शर्मा, तिलक वर्मा र सञ्जु सेमसनको रेकर्ड तोड़े। यी तीनैजनाले १०-१० वटा छक्का लगाएका थिए।
अभिषेकले म्याचमा ईंग्ल्याण्डका बलरहरूलाई शुरुदेखि नै पिट्दै केवल ३७ बलमा शतक पूरा गरे। टी२०आई-मा यो भारतको निम्ति दोस्रो सबैभन्दा तेज शतक हो। रोहितले २०१७-मा श्रीलंकाविरुद्ध केवल ३५ बलमा शतक पूरा गरेका थिए। यसरी अभिषेकले केवल १७ बलमा आफ्नो अर्द्धशतक बनाए, जुन यस प्रारूपमा भारतको निम्ति दोस्रो सबैभन्दा तेज अर्द्धशतक हो। युवराज सिंहले २००७-को वर्ल्ड कपमा ईंग्ल्याण्डविरुद्ध नै केवल १२ बलमा अर्द्धशतक बनाएका थिए। भारतले म्याचमा ईंग्ल्याण्डलाई १५० रनले पराजित गऱ्यो। यो भारतको टी२०आई-मा रनको हिसाबले दोस्रो सर्वोच्च जीत हो। भारतले यसअघि २०२३-मा न्यूजील्याण्डलाई १६८ रनले पराजित गरेको थियो। यसरी ईंग्ल्याण्डको निम्ति चाहिँ यो टी२०आई-मा रनको हिसाबले अहिलेसम्मको सबैभन्दा ठूलो हार हो। यसअघि पनि भारतले नै २०१२-मा ९० रनले पराजित गरेको थियो।
भारतले वानखेड़े स्टेडियममा पहिला ब्याटिंग गर्दै २० ओभरमा ९ विकेट गुमाएर २४७ रन बनायो। यो ईंग्ल्याण्डविरुद्ध टी२०आई-मा कुनै पनि टीमको दोस्रो सर्वोच्च स्कोर हो। यसअघि २०१३-मा अष्ट्रेलियाले ६ विकेटमा २४८ रन बनाएको थियो। आइतवार ईंग्ल्यााण्डका बलरहरूविरुद्ध भारतीय ब्याटरहरूले जम्मा १९ वटा छक्का लगाए, जुन यस प्रारुपमा कुनै पनि टीमले खर्च गरेको सर्वाधिक छक्का हो। यसरी भारतीय स्पिनर वरुण चक्रवर्तीले सीरीजमा जम्मा १४ विकेट हासिल गरे। यो ईंग्ल्याण्डविरुद्ध द्विपक्षीय टी२० सीरीजमा कुनै पनि भारतीय बलरको सर्वाधिक विकेट हो। वरुणले नै गत वर्ष दक्षिण अफ्रिकाविरुद्ध सीरीजमा १२ विकेट लिएका थिए। यसरी २४७ रन भारतको यस प्रारूपमा चौथो सर्वाधि स्कोर हो। भारतले गत वर्ष बंग्लादेशविरुद्ध हैदराहबादमा ६ विकेटमा २९७ रन बनाएको थियो, जुन भारतको यस प्रारूपमा सर्वाधिक स्कोर हो।