हलद्वानी: पेरिस ओलम्पिकमा हिस्सा लिने स्वीमर श्रीहरि नटराजले यहाँ ३८औं राष्ट्रिय खेलहरूको पौड़ी स्पर्धामा आफ्नो पाँचौं पदक जितेर कर्नाटकको निम्ति बढ़त बनाए अनि टीमका साथी तथा १४ वर्षीय स्वीमर धिनिधि देसिंघुको बराबरी गरे। यसरी भारोत्तोलक जगदीश विश्वकर्माले एक खुट्टामा उभिएर पहिलो स्थान हासिल गरे। राष्ट्रिय खेलहरूको पदक तालिकामा अहिले सेना ३३ वटा पदक (१७ वटा स्वर्ण, ९ वटा रजत र ७ वटा काँस्य)-को साथ शीर्ष स्थानमा रहेको छ। यसरी कर्नाटक १५ वटा स्वर्णसहित ३३ वटा पदकको साथ दोस्रो अनि मणिपुर ११ वटा स्वर्णसहित तेस्रो स्थानमा रहेको छ। हलद्वानीमा दिल्लीले स्वीमिंग पूलमा २ वटा पदक जितेर कर्नाटकको बराबरी गऱ्यो। नटराजले पुरुषहरूका १०० मीटर ब्याटस्ट्रोकमा ५६.२६ सेकेण्डको समयसहित स्वर्ण पदक जिते। उनकै टीमका साथी आकाश (५६.३६ सेकेण्ड) दोस्रो र महाराष्ट्रका रिषभ (५६.८० सेकेण्ड) तेस्रो स्थानमा रहे। ओलम्पियन २४ वर्षीय नटराजको यो पाँचौं स्वर्ण पदक हो। यसअघि उनले २०० मीटर फ्रीस्टाइल, ४ गुणा १०० मीटर फ्रीस्टाइल रिले, ४ गुणा १०० मीटर फ्रीस्टाइल मेडले र ४ गुणा २०० मीटर फ्रीस्टाइल रिलेमा स्वर्ण पदक जितेका थिए। यसको साथमा उनले ५० मीटर फ्रीस्टाइलमा रजत पदक पनि जितेका थिए। कर्नाटकले महिलाहरूकी ५० मीटर बटरफ्लाईमा उत्कृष्ट प्रदर्शन गऱ्यो, जसमा नीनाले २३.३८ सेकेण्डमा स्वर्ण पदक जितिन् जबकि धिनिधिले २८.८० सेकेण्डको समयसहित दोस्रो स्थान हासिल गरिन्। यसरी महाराष्ट्रकी रुजुताले २९.१२ सेकेण्डको समयसहित काँस्य पदक हासिल गरिन्। राष्ट्रिय खेलहरूको जारी संस्करणमा यो धिनिधिको सातौं पदक हो। देहरादूनमा महाराष्ट्रका भारोत्तोलक वैष्णव ठाकुरले पुरुषहरूका १०२ किग्रा वर्गमा स्न्याचमा राष्ट्रिय रेकर्ड तोड़े तर उनले रजत पदकमै सन्तोष मान्नु पऱ्यो कारण जम्मा ओजन उठाउने मामिलामा उनलाई सेनाका जगदीश विश्वकर्माले पछि छोड़े। जगदीशले आफ्नो क्लीन एण्ड जर्क प्रयास एउटा खुट्टामा उभिएर पूरा गगरे। वैष्णवले स्न्याचमा १६० किग्रा ओजन उठाए अनि १५७ किग्राको गत रेकर्डलाई तोड़े, जुन जगदीशको नाममा रहेको थियो। समग्र (स्न्याच अनि क्लीन एण्ड जर्क)-मा जगदीशले ३४५ किग्रा ओजन उठाएर स्वर्ण पदक जिते। यसरी वैष्णव ३३५ किग्रा ओजन उठाएर दोस्रो अनि हरियाणाका हर्षित सहरावत ३२९ किग्रा ओजन उठाएर तेस्रो स्थानमा रहे।









